गाउँ सहर

भीरबाट लडेर शिक्षकको मृत्युु

  • २ जेठ बुधबार, २०७५ | २०:०२:०० मा प्रकाशित

बैतडी . भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । 

आज बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिए ।  

तपाईँको मत