पूर्वाधार

मकालु एयरको कार्गो बिमान दुर्घटना दुबै पाइलटको मृत्यू

काठमाडौं । मकालु एयरको 9N AUJ कार्गो बिमान दुर्घटना भएको छ भने दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यू भएको छ । जहाजमा चालक दलकका दुई सदस्य  किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए । 

विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि  ४ घन्टा सम्पर्कबिहिन थियो । उडेको जहाज ४ घन्टापछि साढे १० बजे हुम्लाको बाहुनखर्कस्थित खार्पुनाथ गाउँपालिको वडा नं. २ को रायाथाली भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाकारी छ ।

त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ८ सय ५० फिटको उचाइमा उँडिरहेको जहाज खराब मौसमका कारण ठोक्किएर जहाज दुर्घटना भएको बताए ।  जहाज टुक्रा टुक्रा भएको अवास्थमा फेला परेको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत