समाज

अख्तियारद्वारा विद्युत् प्राधिकरणका दुइ इलेक्ट्रिसियनविरूद्ध मुद्धा दायर

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन लालबाबु पण्डित र सञ्जिवकुमार साह तथा फोरमेन बाबुसाहेब सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार एक सेवाग्राहीको थ्रि फेज मिटर जडान गर्ने कार्यका लागि रु ३० हजार घुस मागेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको थियो । आरोपी तीनै जनालाई बिगो असुल गरी चार महिनासम्मको कैद सजाय माग गरेको आयोगले जनाएको छ ।

तपाईँको मत