कला

दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक

  • १ जेठ मंगलबार, २०७५ | १०:४७:०० मा प्रकाशित

काठमाडौं । लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक भएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौंद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गरे ।  

 

सो अवसरमा साहित्यकार दीक्षितले इन्दिराको नियात्रासंग्रह राम्रो लागेको र आफू पनि पूर्वीय वाङ्मय रुचाउने लेखक भएको बताए । 
 
कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको विचार व्यक्त गरे ।  

 

समीक्षक डा लेखप्रसाद निरौलाले इन्दिराले मसिनामसिना विषयलाई नियात्रामा समेटेकाले कृति राम्रो रहेको धारणा राखे ।

तपाईँको मत