बुधबार, २ श्रावण, २०७५ Wednesday, 18 July, 2018

सभा

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठकले कार्यविधि पारित

Gaunsahar

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । 

दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताए । 

मन्त्री ढुंगेलले आगामी २०७५-७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताए । प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५-७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिए ।रासस

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर