खेल

ट्रेल रनिङमा नेपाललाई चौधौं स्थान

  • ३१ बैशाख सोमबार, २०७५ | ०६:३२:०० मा प्रकाशित

काठमाडौं । स्पेनमा भएको ट्रेल रनिङ वल्र्ड च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले चौधौँ स्थान प्राप्त गरेका छन्।

स्पेनको पेन्सोगोलोसानजिकै शनिबार भएको उक्त प्रतियोगितामा तीर्थ तामाङ, समीर तामाङ, बेद सुनुवार र पूर्ण तामाङसहितको नेपाली टोलीले पुरुष टिम स्पर्धामा १४औं स्थान हासिल गरेका हुन्। यसैगरी सोही प्रतियोगिताको महिला स्पर्धामा पनि रोजिना भण्डारी, छेची शेर्पा र मणिकला राईसहितको नेपाली महिला टोलीले पनि १६औं स्थान हासिल गरेका छन्।

ट्रेल रनिङको इतिहासमा पहिलोपटक नेपाली पुरुष र महिला टोलीले यो सफलता हासिल गरेका हुन्। कुल ८६ किलोमिटरको दूरीको उक्त प्रतियोगितामा ५ हजार मिटरसम्म अग्लो स्थानमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। विभिन्न देशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेकाले यस प्रतियोगिताका प्रतिस्पर्धीलाई अन्तराष्ट्रिय वरियतासमेत दिइएको छ। नेपाल समाचारपत्रमा खबर छ। 

तपाईँको मत