बुधबार, २ श्रावण, २०७५ Wednesday, 18 July, 2018

खेल

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

Gaunsahar

 
काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए ।
 
दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ महानगरपालिका– २६ का अन्तर्राष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । रासस

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर