स्वास्थ्य

महिलाबृन्द ! महिनावारीका समयमा नगर्नुहोस् यी कामहरू

  • ३० बैशाख आइतबार, २०७५ | १४:३४:०० मा प्रकाशित

काठमाडौँ । तपाइँ हामीले भोगेकै कुरा हो महिलाका लागि महिनावारी निकै पीडादायी समय हो । अपवाद बाहेक, सबै महिला महिनावारीको पीडाबाट पीडित हुन्छन् । कसैको पेट दुख्ने, रगत बढी आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र कमजोर हुने बेला हो यो समय । 

यो बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छन् । हरेक कुराबाट संक्रमण सर्नेमात्र होइन दिर्घरोगको शिकार हुनसक्ने यो समयमा । यसकारण महिनावारीका बेला खानपानसहित धेरै कुरामा सावधानी अपनाउनु पर्छ । महिलालाई सबैभन्दा बढी हेरचाह गर्ने समय यही नै हो । तसर्थ, चिकित्सकहरुले निम्न कुरामा सावधानी अपनाउन सल्लाह दिएका छन् । 

  1. यौन सम्बन्ध महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।  तर, एकाथरी भने सरल तरिकाले यौन सम्बन्ध हुनुपर्ने कुरामा विश्वास राख्छन् । 
  2. महिनावारीको समय हल्का कपडा प्रयोग गर्नु पर्छ । कसिलो र साह्रो कपडा लगाउनु हुँदैन ।
  3. यस्तो समयमा खानपनिमा ध्यान दिनुपर्छ । भोकै बस्नु हुँदैन । महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय पोषणयुक्त खाना खाने कुरामा चिकित्सकको राय छ ।  
  4. प्याडको प्रयोगमा लापरर्वाही गर्नु हुँदैन । हरेक तीन घन्टामा प्याड परिवर्तन गर्नु पर्छ । यदि कपडाको प्रयोग गरिन्छ भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । 
  5. कडा शारीरिक श्रम यो समयमा गर्नु हुँदैन । महिनावारीको समय पेट दुख्दा पीडा हुने वा पिठ्यू बाउँडिने जस्तो गरी दुख्न सक्छ । त्यसैले महिनावारीको समय शारीरिक श्रम गर्नबाट बँच्नु राम्रो हुन्छ ।  

एजेन्सीको सहयोगमा ।

तपाईँको मत