जीवनशैली

पोल्ने सिस्नोको फाइदै फाइदा

gaunsahar.com

भक्तपुर । नाम सिस्नो, काम बहुगुणी । हाम्रो समाजमा सिस्नोलाई जोडेर “नाङ्गेझार पारेर सिस्नो पानीले चुट्नुपर्ने” खुब प्रचलित पनि छ । यसलाई सामान्यतयाः पोल्ने झारको रुपमा व्याख्या गरिएपनि तरकारीहुँदै दिर्घरोगको लागि अचुक मानिन्छ ।

सिस्नो प्रायः विश्वका सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीताका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दै गएकोे छ । हिच्कीचाउने मानिसलेपनि अहिले खोजिखोजी सिस्नो संकलन गर्न थालेको पाइन्छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा आकर्षक डिजाइन सहितको प्याकमा समेत किन्न पाइन्छ । सिस्नोका फाइदालाई चिकित्सकहरुले यसरी बताउँछन् । 

सिस्नोका फाइदाहरु

  1. सिस्नोबाट ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियम पाइन्छ ।
  2. प्रोटिन र आइरनसमेत यसमा पाइन्छ ।
  3. सिस्नोमा भएको फाइबरले खाना पचाउन सहयोग गर्छ ।
  4. शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । 
  5. मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । 
  6. सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ । 
  7. हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ । 
  8. पिसाब पोल्ने समस्या न्यूनिकरण गर्छ ।
  9. किड्नीको समस्या हुनबाट जोगाउँछ । 
  10. दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ । 
  11. लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । 
  12. भाँचिएको तथा मर्केको, हाड जोर्ड्न, हाड–जोर्नी दुखेकोमा उपयोगी ।

एजेन्सीको सहयोगमा ।
 

तपाईँको मत