शनिबार, १२ जेठ, २०७५ Saturday, 26 May, 2018

गाउँ सहर टिप्स

पेट पोल्ने समस्याबाट ग्रसित् हुनुहुन्छ ? उपाय पहिल्याउनुहोस्

Gaunsahar

काठमाडौँ । पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसँख्यालाई दुःख दिएको छ । यसको मतलव पेट पोल्ने समस्या हामी धेरैमा भएकाे छ । खानपानमा समय नदिनाले वा खाँदा सुरक्षा नपनाएकै कारण याे राेगले धेरैलाइ पिराेलेकाे छ ।

सामान्यतयाः खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । यहि कारणले दिनभरी नै मानिस स्फुर्त नहुने वा अल्छे हुने वा काममा जाँगर नहुने पीडाबाट ग्रसित छन् । यसैकारण पेट दुख्ने समस्या साझा समस्या भएको छ ।

के कारण हो पेट पोल्ने ?
पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्सलाई चिकित्सकहरुले प्रमुख मानेका छन् । पेटमा दिन या रातमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा त्यसले पेट पोल्ने हुन्छ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ ।  
खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा पेट पोल्ने समस्या धेरै देखिन सक्छ । 

पेट पोल्नेका लक्षणहरु 
— मुखमा अमिलो पानी आउने 
— वाकवाकी लाग्ने बान्ता हुने 
— खान मन नलाग्ने 
— दुब्लाउँदै जाने 
— दातको रंग बिग्रने 
— खोकी लाग्ने घाँटी दुख्ने 

उपचार के हो ? 
चिकित्सकको सल्लाह अनुसार बिरामी हिँड्नुपर्ने हुन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा विशेष ध्यान रोगीले पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ । 

उपचारको समय वा पेट पोल्ने समस्यालाई न्यूनिकरण गर्दै लैजानको लागि अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने । भोकै खालीपेट नबस्ने बिहान उठेपछि कम्तिमा प्रसस्त पानी पिउनु आवश्यक छ । यस्तै तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्नु रोगीको हित हुन्छ । चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरै भन्दा थोरै—थोरै धेरैपटक खाने बानी बसाल्नु पर्छ । सुत्नु भन्दा करिब ३ घन्टा अगाडी नै खाना खाने जस्ता कुराहरुमा ध्यान पुर्याउन सकियो भने पेट पोल्ने समस्या घटेर जाने चिकित्सकहरु बताउँछन् ।
 

एजेन्सीको सहयोगमा ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर