जीवनशैली

कारण थाहा पाउनुभएको छ ? सुत्नुअघि किन नुहाईन्छ !

“निन्द्रा मिठो की विच्छ्यौना ?”

Photo : Daily Mail

ललितपुर । नेपाली उखान छ “भोक मिठो की भोजन महाराज ?” भन्दा भोक, ठीक त्यस्तै “निन्द्रा मिठो की विच्छ्यौना ?” भन्दा निन्द्रा भनेका थिए रे । यहि उखानलाई हेर्दापनि निन्द्राको प्यार जो कोहिमा हुन्छ र मिठो निन्द्राले सफलता हासिल हुनेपनि चिकित्सा अनुसन्धानकर्ताले बताएका छन् ।

निन्द्रा नपुगेपछि त्यसै अल्छे हुने, केही जाँगर नचल्ने र बिरामीजस्तो देखिने हुन्छ । यसकारणपनि निन्द्रा मानिसको महत्वपूर्ण पक्ष हो । थकानलाई दूर गर्नको लागिपनि निन्द्रा राम्रोसँग पुग्नुपर्दछ । तसर्थ, निन्द्रा पुर्याउनका लागि विभिन्न उपायमध्ये समयमा नुहाउनु नै मानिन्छ । तर, नुहाउने समयको भने हेक्का राख्नु जरुरी छ ।

जसरी हामी तातोपानी खाँदा सुरुमा रक्तसञ्चार नै बढी भएको महशुष गर्छौँ ठिक त्यसरीनै तातोपानीले नुहाउँदा सुरुवातमा रक्तसञ्चार केही बढी हुन्छ, तर पछि घट्दै जान्छ । पछि जिउ बोधो हुन्छ ।  

यसको विपरित चिसो पानीले नुहाउँदा रक्तसन्चार सुरुमा कम र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु अझ राम्रो हुने चिकित्सक बताउँछन् । उनीहरुका अनुसार चिसो पानीले दिमागलाई शितल बनाएर राख्न मद्धत गर्छ । उनीहरु भन्छन् “यदि चिसो पानीले नुहाएर दिन सुरु गरिन्छ भने दिनभर नै ताजा महशुष हुन्छ । शारीरिक सौन्दर्य पनि कायम रहन्छ र जिउ चंगा हुन्छ दिनभर ।

चिकित्सकहरुको रायले के भन्छ भने रातमा सुत्नुभन्दा एक घण्टा अघि नुहाउनु अत्यन्तै राम्रो मानेका छन् । यदी तपाइँलाई चिसोको डर हुन्छ या अनुभव गरिन्छ भने तातो पानीको प्रयोगलाई उनीहरुले नकार्न नसकिने बताउँछन् । मुख्यतयाः सुत्नुअघि नुहाउनुले गर्ने फाइदालाई यसरी बुँदागत् गर्न सकिन्छ ।

  1. पारिवारिक खुसी,
  2. मोटोपना घटाउन,
  3. राम्रो निन्द्राको लागि,  
  4. छालामा चमकता, 
  5. जीउ र दिमाग चंगा हुन्छ,
  6. कमलपित्त कम गर्न,
  7. उच्च रक्तचापमा कमी, 
  8. प्रतिरोधी क्षमता बढ्छ,
  9. चिनी रोगमा नियन्त्रण ।
     

एजेन्सीकाे सहयाेगमा ।

र याेपनि हेर्नुहाेस् ।

सुतेर सफलता
तपाईँको मत