सेवा

झुठ्ठा शैक्षिक योग्यता पेश गरी अनुचित लाभ लिने कर्मचारीविरूद्ध अाराेप पत्र दायर

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा शैक्षिक योग्यताका प्रमाण-पत्र पेश गरी अनुचित लाभ लिने ६ जना राष्ट्रसेवक कर्मचारीहरुविरूद्ध अाराेप पत्र दायर गरेकाे छ । 

उक्त कर्मचारीविरूद्ध अाज अाराेप पत्र दायर गरेकाे सह-सचिव एवं प्रवक्ता दीर्घराज मैनालीद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । अाराेपितहरूमा प्रनानि नगेन्द्रकुमार भगत, शिक्षक अञ्जना शाह, सहायक पुस्तकालय अमिर श्रेष्ठ, खरिदार धनकुमार लामा र राहत शिक्षक उषा यादव छन् ।

अायाेगले विज्ञप्तिमा भनेकाे छ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरी उपर अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले शुरु नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएको देखिदा देहायका छ जना राष्ट्रसेवक कर्मचारीहरु उपर विशेष अदालत‚ काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली बनाइ पेश गरी अनुचित लाभ लिने प्रवृत्ति नियन्त्रण गर्न आयोगले गम्भीर रुपमा छानविन गरिरहेको छ । साथै झुठ्ठा शैक्षिक योग्यताका प्रमाण-पत्र पेश गरी अनुचित लाभ लिने राष्ट्रसेवक कर्मचारीहरुलाई कानूनी दायरामा ल्याइ कारवाही गर्न आयोग क्रियाशील रहेको व्यहोरा जानकारी गराउँदै यो विज्ञप्ति जारी गरिएको छ ।

 

तपाईँको मत