जीवनशैली

काँचाे प्याज, यी हुन् १० फाइदा

  • १७ बैशाख सोमबार, २०७५ | ०७:५९:०० मा प्रकाशित
gaunsahar.com

हरेककाे भान्साकाे राेजाइ, प्याज अहिले अनिवार्य बनेकाे छ । सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याजकाे प्रयाेग नभइ हुँदैन। यसकारणपनि हाम्रो भान्सामा प्याज जहिलेपनि राख्ने गरिन्छ ।

प्रयाेग यतिसम्म भएकाे प्याजकाे बारेमा थाेर बहुत थप जानकारी राख्नु अावश्यक छ ।हामीले भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। यसलाइ उखानसँग पनि जाेडेर खित्का छाडेका छाैँ । प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि उत्तिकै फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा निम्न फाइदा छन्।

प्याजका फाइदा

  1. कब्जियतबाट मुक्ति ।
  2. रक्तसंचारको मात्रालाई नियन्त्रण गर्छ।
  3. कोलेस्ट्रोल नियन्त्रण गर्छ।
  4. स्मरण शक्ति बढ्छ।
  5. रुघाखोकीबाट बच्न सकिन्छ।
  6. सुगर रोगीलाइ फाइदा हुन्छ।
  7. प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।
  8. प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।
  9. खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।
  10. नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ। 

एजेन्सीकाे सहयाेगमा ।

तपाईँको मत