दृष्‍टिकोण

प्रदेश ४ को नामकरणका लागि अभियान

  • १६ बैशाख आइतबार, २०७५ | १४:०९:०० मा प्रकाशित

 


नवलपरासी। प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो । 

 

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताए । हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले जानकारी दिए । 
 रासस

तपाईँको मत