प्रेरणा

नयाँ वर्ष शुभ रहोस्

  • ३० चैत शुक्रबार, २०७४ | २३:३७:०० मा प्रकाशित

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । लामो अथक प्रयासपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा केन्द्रीयदेखि संघीय सरकारको परीक्षापनि शुरु भइसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास, देशमा दिगो शान्ति स्थापना कायम गरी नागरिकको हकहित र अधिकार, सङ्क्रमकालको अन्त्य गर्दै मुलुकलाई विकासको नयाँ मार्गमा हिडाउँन सरकार, प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेतृत्वपंक्ति संवेदनशील हुनैपर्दछ ।

आशा गरौं विगतका कमीकमजोरी महसुस गर्दै यस वर्ष आमनागरिकलाई उत्साहित तुल्याउन दलहरु सक्षम हुनेछन् । विशेष गरी सरकारकै काँधमा मुख्य जिम्मेवारी छ । नयाँ वर्षको सुखद शुरुवातसँगै नयाँ नेपालको सुनौलो परिकल्पनाका खाकालाई कार्यान्वयनमा जोडिनेछ । क्यालेण्डर फेरिएसँगै विक्रम संम्वत २०७५ वर्षका लागि जनअपेक्षा अलि बढी नै थपिएका छन् । बन्द हड्तालको श्रृङखला बन्दै भएर लगानीको वातावरण बनोस्, युवाहरुमा रोजगारीको अवसरको ठूलै अपेक्षा छ । राजनीतिक संक्रमणकालको अन्त्यसँगै स्थानीयदेखि केन्द्रसम्म जनप्रतिनिधिले काम गर्न थालिसकेको अवस्थामा आम नागरिकबाट विकास तथा आथिक समृद्धिको अपेक्षा अस्वभाविक होइन । तर, ती जनअपेक्षा सम्बोधन गर्ने मुख्य जिम्मेवारी सरकार र राजनीतिक दलहरुको हो । त्यसका लागि सरकार, प्रतिपक्षी दलको सकारात्मक भूमिकामा नागरिकहरुको दबाबमुलक अभियान पनि जरुरी छ ।

अन्त्यमा प्रेसपनि राजनीतिक, सामाजिक, आर्थिक अभियानमाबाट टाढा रहने कुरै भएन । तसर्थ, गाउँ सहर डट कम पनि आर्थिक अभियानको सारथिको रुपमा सत्य, तथ्य समाचार प्रकाशन गरेर सञ्चार जगतमा आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन । देशको मुख्य लक्ष्य नै आर्थिक समृद्धि भएकोले हामी पनि गाउँ सहरका विकास अभियानका समाचार सम्प्रेषण पहिलो प्राथमिकताका साथ पस्कने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । नयाँ वर्ष २०७५ सालको पावन अवसरमा हामीलाई थोरै समयमा धेरै माया गर्नुहुने हाम्रा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपालीहरुमा सुख शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्ष शुभ रहोस् ।

 

शिवराज खड्का

सम्पादक तथा गाउँ सहर सञ्चार परिवार ।
 

तपाईँको मत