दृष्‍टिकोण

गरिबी न्यूनिकरणमा जडीबुटी

दुइ अर्ब भन्दा बढी राजश्व सङ्कलनकाे एकमात्र क्षेत्र

नेपालमा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारले सामाजिक–आर्थिक सहयोग र औषधीय गुणका कारणले उपचार पद्धतिमा ठुलो टेवा पुर्याउँदै आएको सर्वविद्यितै छ ।  वन विभागको जानकारी अनुसार यस क्षेत्रबाट उत्पादित काठ, दाउरा र जडीबुटीबाट मात्र करीब दुइ अर्ब भन्दा बढी राजश्व सङ्कलन् हुँदै आएको छ । यति मात्र नभएर वन क्षेत्रले गरिब, महिला, दलित, उपेक्षित वर्ग र क्षेत्रलाई समेत मूलप्रवाहसँगै समावेशीकरणमा ठुलो योगदान दिएको छ । गाउँ स्तरबाट जडीबुटी लगायत जैविक स्रोतहरुलाई परिचालन गरी विश्व बजारसम्म पु¥याइ आर्थिक सम्मुन्नति गर्न सक्ने सम्भावनाहरु पनि प्रशस्तै बोकेको स्पष्ट छ । 

मुख्य गरेर नेपालमा कुरिलो, वेल बेट्, बाँस, लेमन ग्रास, लिप्टीस, साल, सिसम्, यार्सागुम्बा, विजयसाल, सर्पगन्धा, अस्वागन्धा, पामारोजा, मेथी, निम्, सिकाकाइ, बकाइनो, सिलाजित, पिप्ला, कुश, बाबियो, राजब्रिस, खयर, हर्रो, बर्रो, तेजपात, सतावरी, दालचिनी, वनतरुल, सुगन्धवाला, कटुस, अस्ना, हलेदो, जामुन, फलेदा, आकासबेली, निगालो, अम्रीसो, घीउकुमारी, सित्रोदोरा, कामोमिल, बोर्ला, बोजा, भ्याकुरजरा, पकनबेत, जस्ता जडिबुटी एवं गैरकाष्ठ उत्पादनहरु प्रख्यात छन् । जडिबुटी एव गैरकाष्ठ वन पैदावारले गरिबी न्यूनिकरणमा खेलेको महत्वपूर्ण भूमिकाका बारेमा सर्वत्र चर्चा भइरहँदा विभिन्न संघ संस्थाहरुले समेत चासोका साथ यसको प्रवद्र्धन्, व्यवस्थापन्, दिगो सङ्कलन्, उद्यमिकरण, बजारीकरण, प्रमाणिकरण आदि सम्बन्धी विभिन्न आयोजना र कार्यक्रमहरू लागु पनि गरिरहेका छन् ।

जडिबुटी एवं गैरकाष्ठ वन पैदावारहरु देशको मूख्य भौतिक निधि हुन् । यसैको सहयोगले गर्दा नै आज हामी वन क्षेत्र र त्यसको उत्पादनमा गर्व संगै आयमा पनि परिवर्तन ल्याउन सफल भएका छौँ । भौगोलिक एवं पर्यावरणीय विविधताको फलस्वरुप उपलब्ध जैविक विविधता नेपालको तुलनात्मक लाभको क्षेत्र बन्न पुगेको छ । विविध प्रकारका पारिस्थितिय प्रणालीको उपलब्धताको कारण नेपाल जैविक विविधताको अथाह भण्डारको रुपमा विश्वसामु परिचित हुन पुगेको छ । यस किसिमको विविधताको दिगो र वुद्धिमत्तापूर्ण उपयोग गरी नेपाल र नेपाली जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्नु पर्ने अवसर र चुनौतीहरु दुबै हाम्रो सामु विद्यमान छन् । जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१ अनुसार नेपालमा हाल करीब ११८ किसिमका पारिस्थितिकीय प्रणालीहरु रहेको अनुमान गरिएको छ र यस किसिमको विविधताभित्र करीव ५८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिहरु सूचीकृत भैसकेका छन् । यी मध्ये करिव ७०० जति प्रजातिहरुको औषधीय महत्व पत्ता लागेको छ । औषधीय महत्व रहेको भनिएका २३८ किसिमका वानस्पतिक प्रजातिहरुको रासायनिक परीक्षण समेत पनि भइसकेका छन् ।

मुख्य गरेर नेपालमा कुरिलो, वेल बेट्, बाँस, लेमन ग्रास, लिप्टीस, साल, सिसम्, यार्सागुम्बा, विजयसाल, सर्पगन्धा, अस्वागन्धा, पामारोजा, मेथी, निम्, सिकाकाइ, बकाइनो, सिलाजित, पिप्ला, कुश, बाबियो, राजब्रिस, खयर, हर्रो, बर्रो, तेजपात, सतावरी, दालचिनी, वनतरुल, सुगन्धवाला, कटुस, अस्ना, हलेदो, जामुन, फलेदा, आकासबेली, निगालो, अम्रीसो, घीउकुमारी, सित्रोदोरा, कामोमिल, बोर्ला, बोजा, भ्याकुरजरा, पकनबेत, जस्ता जडिबुटी एवं गैरकाष्ठ उत्पादनहरु प्रख्यात छन् ।

हाम्रो देशमा जडीबुटी एवंं गैरकाष्ठ वन पैदावारको खेती, सङ्कलन्, बेचबिखन र उपयोग लगायतका कार्यहरु परम्परागत ढंगबाटै हुने गरेको हुँदा अपेक्षित लाभ लिन नसकिएको स्थिति छ । अन्तर्राष्ट्रिय बजारमा बढी माग भएका जडीबुटीहरुको खेती विस्तार प्रविधिलाई सर्वसाधारण किसानको पहुँचसम्म सहज ढंगले प्रशोधन, जस्ता कार्यहरु मार्फत मूल्य अभिवृद्धि गरी बढी भन्दा बढी फाइदा नेपालभित्रै रहन सक्ने वातावरण तयार गर्नु पनि उत्तिकै वाञ्छनीय देखिन्छ । विभिन्न योजनाले निर्दिष्ट गरे अनुरुप नेपालका विभिन्न क्षेत्रहरुमा रोजगारी अभिवृद्धि, निकासी प्रबद्र्धन एवं आय आर्जनको प्रमुख स्रोतको रुपमा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको उत्पादन, प्रशोधन, एवं बजार ब्यवस्थापन गरी यसबाट हुने आयमा समाजका विपन्न महिला र पिछडिएका वर्गहरुको पहुँच बढाई समग्र रुपमा गरिबी न्यूनीकरणमा वाञ्छित योगदान पु¥याउने वातावरण तयार गर्न पनि उपयुक्त नीतिगत संरचनाको आवश्यकता महसुस गरी विद्यमान कानून र वन नीतिमा पनि जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको संरक्षण र सदुपयोगका लागि स्पष्ट आधार नभएकाले छुट्टै नीतिको आवश्यकता महसुस पनि नगरिएको भने होइन ।

विभिन्न कारणहरुले गर्दा अहिलेसम्म पनि देशभित्र जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको उत्पादन एवं बेचबिखन जस्ता कार्यहरु असंगठित रुपमै हुन गरेको छ । यस परिप्रेक्ष्यमा वस्तुबाट प्राप्त हुने फाइदालाई अधिकाधिक तुल्याउन व्यापक एवं संगठित प्रयासको खाँचो छ । जडीबुटी खेतीलाई उद्योगकै रुपमा विकास गरी यसका अग्र एवं पृष्ठसम्बन्ध लाई मजबुत रुपमा स्थापित गरी आर्थिक समृद्धिको आधारलाई अरु दरिलो र फराकिलो बनाउनु आवश्यक देखिएको छ । सरकारको सहयोगी एवं प्रबद्र्धनकारी भूमिकामा सर्वसाधारण किसान, साना, मझौला र ठूला उद्यमी एवं व्यापारीहरु लगायतका निजी क्षेत्र तथा सहकारी क्षेत्रको सक्रिय सहभागिताबाट मात्रै यस किसिमको परिकल्पनाले मूर्तरुप लिन सक्दछ । यसैको उपज जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१ लागू गरिएको थियो, जसले केही राहत अनुभूत गराउन सफल रह्यो ।

नेपालमा हाल करीब ११८ किसिमका पारिस्थितिकीय प्रणालीहरु रहेको अनुमान गरिएको छ र यस किसिमको विविधताभित्र करीव ५८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिहरु सूचीकृत भैसकेका छन् । यी मध्ये करिव ७०० जति प्रजातिहरुको औषधीय महत्व पत्ता लागेको छ । औषधीय महत्व रहेको भनिएका २३८ किसिमका वानस्पतिक प्रजातिहरुको रासायनिक परीक्षण समेत पनि भइसकेका छन् ।

नेपाल सरकारले जडिवुटी एवं गैरकाष्ठ वन पैदावरहरूलाई एउटा सम्भाव्य आर्थिक स्रोतको रूपमा लिएको छ । देशको वन स्रोतमा रहेको आर्थिक सम्भाव्यतालाई अधिकतम रूपमा प्रयोग गर्न नसकिएकोले अप्रशोधित वन पैदावारहरू भारत, यूरोपियन् देश लगायतका स्थानहरुमा निर्यात गर्ने गरिएको पाइन्छ । यसबाट नेपाल सरकारले थोरैमात्र राजश्व सङ्कलन् र स्थानीय समुदायहरूले थोरै मात्र आम्दानी प्राप्त गर्ने गरेका छन् । यो समस्यालाई केही हदसम्म हल गर्ने र गरीब जनताको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले संरक्षणमा हातहरु उठेका छन् । समुदायमा आधारित वन उद्यमहरू स्थापनामा जोड दिंदै विभिन्न संघसंस्था तथा वन सरोकारवालाहरू यस क्षेत्रमा लगानी एवं श्रम जुटाई अगाडि बढिरहेका छन् । तर ग्रामीण क्षेत्रमा स्थापित जडीबुटी एवं गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमहरू धमाधम सञ्चालनमा भएता पनि थोरै मात्र सफल भएका छन् । यसरी अधिकांश वन उद्यमहरु चाहे अनुरुप सफल नहुनुमा धेरै कारणहरू मध्ये वन सम्बन्धी नीति नियमबाट सिर्जित अप्ठ्याराहरू र चुनौतीहरू प्रमुख रूपमा देखिएका छन् ।

नेपालमा जडिबुटी एवं गैरकाष्ठ वन पैदावारको व्यापारिक सङ्कलन्ले रोजगारको अवसर श्रृजना गरी ग्रामीण क्षेत्रका समुदायका आर्थिक स्थिति सुधार्न उल्लेख्य सहयोग पु¥याएको छ । यति हुँदाहुँदै पनि विगत केही वर्ष देखि कच्चा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको मागमा उल्लेख्य वृद्धि र अति महत्वपूर्ण जातिहरुको बढ्दो सङ्कलनले गर्दा प्राकृतिक वनहरूमा यस्ता वन पैदावारहरुको दिगो व्यवस्थापन प्रमूख चुनौतिका रुपमा देखा परेको छ । त्यसैले जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको समुचित व्यवस्थापनका लागि दिगो सङ्कलन् विधिको विकास गरी पारिस्थितिक तथा वातावरणीय प्रणालीमा कमभन्दा कम हानी पुर्याइ यस्ता वन पैदावारको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ । यसो गर्न सके मात्र उत्पादनको पहिचान, संरक्षण र दिगोपनाको लागि त्यो, ऊ भनेर तोक्नु र कुर्नु पर्ने थिएन ।

रूद्रप्रसाद भट्टराई

तपाईँको मत