दृष्‍टिकोण

पुस्तक व्यापार : व्यापारी भर्सेस् लेखक ! काे गह्राैँ, काे हल्का ? 

शैक्षिक सत्र सकिन लाग्दापनि पुस्तकको अभाव भएको घटना नौला होइनन् । विद्यार्थीले पाठ्यपुस्तकको अनुपस्थितिमै परीक्षा दिन्छन् फलत परिणाम राम्रो आऊँदैन । मात्र पासको प्रतिशत लिएर न बजारमा बिक्न सक्छन न त दिर्घकालीन आधारलाई निरन्तरता दिन्छन् । एकातिर यो परिस्थितिमा सर्वसाधारणका छोराछोरी पढ्न पाएका छैनन भने अर्कोतिर बजार तातेको छ “ग्ल्यामरस् बुक र रिडर” को । निजी छापाखानाबाट दैनिक रुपमा उत्पादन हुने यस्ता पुस्तकहरू यत्रतत्र छन् । तर, राज्यको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री लिमिटेडले भने पुस्तक छाप्न नसकेको अवस्था छर्लङ्गै छ । अपरिहार्य पुस्तक छापेरपनि बेकारे भएका छन् भने रोचक र अनुभूतिका पुस्तकहरू मानिसहरूका हात—हातमा थमिएका र थमाइएका छन् ।

पछिल्लो समय पुस्तक पढ्ने र किन्नेको जनसँख्या बढ्दो छ । “मागेर होइन किनेर पढौँ” भन्ने भावनाको विकास हुँदै गइरहेको छ । यहि सँख्या बढेर हुनसक्छ प्रकाशकको भिडपनि थामिनसक्नु छ । यसो त प्रकाशकसँगै लेखकको सँख्यापनि तेब्रिँदो छ । प्रेसमा कामको चाप बढेको बढ्यै छ । पुस्तक बिमोचनको दिन प्रकाशक आफैँ २०० किताब लिएर कार्यक्रममा जाँदा जमेको भिडमा नपुगेर हस्याङ र फस्याङ दौडधुप गरिरहेका देखिन्छन् । बढ्दो व्यापारसँगै आम पाठकसामु प्रकाशक र लेखकको सम्बन्ध दिनानुदिन बढ्दै गएको कुरालाई नकार्न सकिन्न । बजार तिब्ररुपमा प्रतिश्पर्धी बनेको छ । बजारमा अनेक थरिका पुस्तकहरू छरपष्ट छन् । विषयगत्, उपन्यास, आत्मकथा, डायरी, कविता, कथा, निवन्ध र अन्य । पछिल्लो समय उपन्यासको गति तिब्र बनेको छ । धेरै बेकामे छन त थोरै दमदार बनेका छन् । नयाँ स्रष्टालाई केहि गाह्रो छ, त्यसको अलावा चिनिएका व्यक्तित्वको बजारभाऊ राम्रै देखिन्छ । अग्रिम रकमको मागलाई थेग्न प्रकाशनलाई गुजारा गर्न हम्मे—हम्मे देखिन्छ । करार हुँदै १५ लाख माग्ने लेखकको पनि बियर र सिनेमा जस्तो गरी बजार प्रवद्र्धनमा अनेकन विलासी शैलीलाई आत्मसात गरेको पाइन्छ । लेखकको अवस्था पछि जस्तो भएपनि बजारीकरणले व्यापकता पक्कै पाएको देखिन्छ । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिण सम्मका भू—भागमा लेखक र प्रकाशक आफैँ प्रस्तुत भएर पाठकमाझ लोकप्रिय बन्दै गएका छन् । 

पछिल्लो समय पुस्तक पढ्ने र किन्नेको जनसँख्या बढ्दो छ । “मागेर होइन किनेर पढौँ” भन्ने भावनाको विकास हुँदै गइरहेको छ । यहि सँख्या बढेर हुनसक्छ प्रकाशकको भिडपनि थामिनसक्नु छ ।

विषयगत् लेखकको हालत बजारमा पत्ला छ भन्दा फरक नपर्ला । मरेर १ हजारदेखि ३ हजारसम्म पुस्तक बजारमा जान्छ भनिन्छ । तर, प्रकाशकले कम गुणस्तरको कागज र ढाँचा प्रयोग गरेर लुकीलुकी ५ हजार छाप्ने र बिकेको रकम लेखक लिन जाँदा गोदामको भण्डारण देखाउने गलत् परम्परापनि बढ्दै गएको छ । एकातिर दर्जनौँ किताव लेख्दापनि २ लाख हाता नपरेको कुरा गर्छन भने अर्कोतिर एउटा उपन्यासबाट २० लाख पाउन सफल भएको कथापनि सुन्न पाइन्छ । लेखेरै बाँच्नेपनि देशभित्र जन्मीसके तर लेखेर सडकछाप बनेका घटनाभने घट्न सकेको छैन । हुँदा हुँदा देशको छापाखानाभित्र यस्ता पुस्तकहरू कम छाप्न थालेका छन् प्रकाशकले । झण्डै आधा रकम सस्तो र अब्बल गुणस्तरको लागिपनि भारतीय बजारमा पुस्तकहरू छापिन थालेका छन् ।

पुस्तक छापिनु ठुलो कुरा होइन तर त्यसको बजारीकरण मुख्य पाटो हो । विषयगत् पुस्तकको माग कम भएकै कारण त्यसप्रतिको आकर्षण घटेको छ । यसको असर निश्चित समुदायका मानिसहरूमा परेको थाहा भएरपनि नाफाकै कारण प्रकाशकहरू यस प्रकारको पुस्तकबाट विकर्षित भएको देखिन्छन् । यसको प्रत्यक्ष मार सदावहार पाठकमा परेको छ ।

कानुन स्पष्ट बनेका छैनन जसका कारण नाफामुखी प्रकाशनको मात्रा बढेर गएको छ । अर्कोतिर राज्य सम्मिलित सँस्थाहरू टाँट पल्टँदै गएका छन् । सरकारको यो कार्यले न राज्यमुखी राज्य बनेको छ न त निजीकरणको मान्यतालाई प्रवद्र्धन गर्न सकिएको छ । लोकतान्त्रिक परिपाटीमा एकाधिकार तोडिन्छ तर यस क्षेत्रमा निश्चित क्षेत्र बाहेक अन्यमा बहुअधिकारको उपयोग गर्न सकिएको छैन । फलत् नाफामुखी गतिविधिमा सबैको चासो बढेको छ भने सेवामुखी सँस्था तथा तिनका कार्यहरू ओझेलमा पर्दै गएका छन् । “सेवा नै परम धर्म हो” भन्ने उक्ति करिब हराएर गएको छ । यहि कारण पनि सदावहार र बहुउपयोगी पुस्तकहरू कम छापिन थालेका छन् । ठिक बिपरित मौसम अनुसारको पुस्तकको मोह बढ्दै गइरहेको छ ।

विषयगत् लेखकको हालत बजारमा पत्ला छ भन्दा फरक नपर्ला । मरेर १ हजारदेखि ३ हजारसम्म पुस्तक बजारमा जान्छ भनिन्छ । तर, प्रकाशकले कम गुणस्तरको कागज र ढाँचा प्रयोग गरेर लुकीलुकी ५ हजार छाप्ने र बिकेको रकम लेखक लिन जाँदा गोदामको भण्डारण देखाउने गलत् परम्परापनि बढ्दै गएको छ ।

पुस्तकको मुल्यमा पनि उत्तिकै बेमेल छ । पेज र खर्चमा आधारित हुने यस्ता मुल्यमा सरलता पाइँदैन । बजारमा ३०० रुपैयाँ भन्दा कमका पुस्तकहरू बढी बिक्री भएका छन् भने ४०० रुपैयाँ नाघ्ने पुस्तकहरूमा मुल्यकै कारण पाठकमाझ पु¥याउन कठिन बनेका देखिन्छन् । पाठ्यक्रममा आधारित पुस्तहरू बिक्नेभन्दा फोटोकपी चल्छन् तर उपन्यास जस्ता कृतिहरू भने फोटोकपी भन्दा पुस्तकमै क्रेज छ पाठकको । यसरी हेर्दापनि पाठ्यक्रममा आधारित पुस्तक बजारमा कम बिक्ने र लेखकहरू रोयल्टीमा खुसी नहुने अवस्था देखिन्छ । कयौँ लेखकहरू यस तर्फको यात्रा छाडेर बरु उपन्यास, आत्मकथा लेखनतिर लागेका पनि देखिन्छन् । सम्पुर्ण कुराहरू अर्थ केन्द्रित नै हुने भएकोलेपनि मानिसहरूको आकर्षण उपन्यास क्षेत्रमा बढ्दो छ । 

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने, अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउनेहक, दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक व्यवस्था गरेसँगै पढ्ने र लेख्नेको सँख्या बढेको सहजै अनुमान गर्न सकिन्छ । यस्तो कार्यले स्थानीय र केन्द्रीय भाषाका पाठकसँगै लेखमा पनि वृद्धि गराएको छ । शिक्षामा भएको थोरैमात्र सुधारले समग्र शिक्षा तथा प्रकाशन गृहहरू लाभान्वित अवश्य भएका छन् । तर, यति हुँदापनि जनकेन्द्रित प्रकाशन र पाठ्यपुस्तकको अभाव हुनु आफैँमा विडम्बना सावित भएको छ । 

चालू योजनाले सरकारका साथै निजीक्षेत्र, गैरसरकारी क्षेत्र, स्थानीय निकाय एवं समुदायलाई समेत सहभागी र उत्तरदायी बनाई समग्र शैक्षिक प्रणाली, प्रक्रिया र क्रियाकलापलाई सुशासनका सिद्धान्त अनुरूप सञ्चालन गर्दै सेवा प्रवाहलाई छिटो, छरितो तथा प्रभावकारी बनाउने प्रयास गरेको देखिन्छ । हालसम्मका कार्यहरूबाट तयार भएका पूर्वाधार एवं अवसरको उपयोग गर्दै एक्काइसौँ शताब्दीका चुनौतीहरूको सामना गर्न सक्ने समावेशी, समन्यायिक र गुणस्तरयुक्त शैक्षिक प्रणालीको विकास गरी सक्षम, कर्तव्यनिष्ठ तथा उत्पादनशील जनशक्ति उत्पादन गर्ने सोच लिएर शिक्षा क्षेत्रको योजना तर्जुमा गर्नुलाई प्रकाशन क्षेत्रको प्रवद्र्धनको रुपमा लिइएको छ । 

शिक्षामा भएको थोरैमात्र सुधारले समग्र शिक्षा तथा प्रकाशन गृहहरू लाभान्वित अवश्य भएका छन् । तर, यति हुँदापनि जनकेन्द्रित प्रकाशन र पाठ्यपुस्तकको अभाव हुनु आफैँमा विडम्बना सावित भएको छ ।  
जहाँ पुस्तकपनि बाँच्छ, प्रकाशकपनि, दाम पनि कमाइन्छ अनि संसार खुसी राख्नपनि सकिन्छ । नत्र  भाेकाे पेटबाट प्रश्न उठिरहन्छ ! गह्राैँ काे ? भनेर ।

शिक्षा क्षेत्रमा आएको परिवर्तनसँगै यो क्षेत्रमा पाठकको सँख्या बढ्नु स्वभाविक नै मान्नु पर्छ । तसर्थ, शैक्षिक सेवा प्रवाहलाई चुस्त, समयसापेक्ष, नतिजामूलक र प्रभावकारी बनाउनका लागि व्यवस्थापनको सुदृढीकरण, विकेन्द्रीकरणमा आधारित योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन प्रणाली र सूचना प्रणालीको सुदृढीकरण, नीतिगत र प्रक्रियागत ढाँचामा सुधार, जनशक्तिको क्षमता विकास, सेवा प्रवाहका लागि मापदण्डहरूको विकास, संस्थागत नियमन संयन्त्र विकास, सार्वजनिक पुस्तकालयको सुदृढीकरण, सूचना तथा सञ्चार प्रविधिको कार्ययोजना र कार्यान्वयन अपरिहार्य रहन्छ । नयाँ बन्ने भौतिक संरचनाहरू अपांग र किशोरी मैत्री बनाइनु अर्को महत्वपूर्ण पक्षभित्र पर्दछ । 

पूराना संरचनालाई क्रमिक रूपमा सुधार गर्दै गुणस्तरीय प्रकाशन अहिलेको आवश्यकता हो । ढिलै किन नहोस् अब प्रकाशक तथा लेखकहरूले पनि जनकल्याणका पाठ्यपुस्तक तर्फ ध्यान दिनै पर्ने देखिन्छ । बढेको पुस्तक मोहलाई ऋणात्मक नबनाइकन तौलदार पुस्तकको गरिमा र उपलब्धतालाई उचो स्थान दिनैपर्छ । नत्र एउटा अघि—अघि र अर्को बाँच्नै धौ—धौ क्रम चलिरहन्छ । यसकारण परिणाममुखी पुस्तक प्रकाशन अहिलेको महत्वपूर्ण अध्याय हो जहाँ पुस्तकपनि बाँच्छ, प्रकाशकपनि, दाम पनि कमाइन्छ, संसार खुसी राख्नपनि सकिन्छ । नत्र भाेकाे पेटबाट प्रश्न उठिरहन्छ ! गह्राैँ काे ? भनेर ।
 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत