नारीलाई नारीले भन्दा पुरुषले धेरै बुझेको हुन्छ : अमर न्यौपाने

नेपाली आख्यान साहित्यको समकालीन पुस्तामा अमर न्यौपाने एक अत्यन्त लोकप्रिय नाम हो । कविताबाट साहित्य लेखन सुरु गरेका न्यौपाने क्रमशः आख्यानतिर आए र कथा र उपन्यासमा आफूलाई स्थापित गराए । उनका पानीको घाम – (कथासङ्ग्रह २०६६), कलिलो मन (बाल कथासङ्ग्रह २०६७), सेतो धरती (उपन्यास २०६८) तथा करौडौँ कस्तुरी (उपन्यास २०७२) प्रकाशित छन् । उनको कथासङ्ग्रह पानीको घामका लागि उनलाई २०६६ सालको पद्यमश्री साहत्यि पुरस्कार प्रदान गरिएको थियो भने, कलिलो मनका लागि २०६७ को पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार पनि उनले जिते । सबैभन्दा उल्लेखनीय कुरा, उनले आफ्नो उपन्यासकृति सोतो धरतीका लागि २०६८ सालको मदन पुरस्कार पनि जिते । यसै साल, यसै कृतिका लागि उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार तथा राम राज पन्त पुरस्कार पनि जिते । उनको लेखन र दृष्टिका बारेमा समालोचक डटकमका लागि महेश पौड्यालले लिएको अन्तरवार्ताको सम्पादिन अंश यहाँ प्रस्तुत गरिएको छ ।

कविताबाट कथा हुँदै अमर न्यौपाने उपन्यासमा आए, र अवतरित भए । यी तीन विधाको यात्रामा अमर न्यौपानेले आफ्नो सिर्जनात्मक व्यक्तित्वको निर्माण कार्यमा केके पाए, केके गुमाए ?

आजसम्म सिर्जनात्मक जीवनको सन्तुलन परीक्षण तयार गरी हिसाबकिताब राखेको छैन । सृष्टिको निमय हो, जुन कुरा प्राप्त हुन्छ त्यो एकदिन गुम्छ । यसै पाइएको अमूल्य जीवन पनि एकदिन गुमाउनुपर्छ । तर यो जन्म र मृत्युका बिचमा मानिसले गरेका केही मूल्यवान कर्म भने गुम्दैनन् । पौराणिक साहित्यदेखि आजसम्मका मूल्यवान् सिर्जनाहरू सधैँ बाँचिरहन्छन् । थाहा छैन, भोलि मैले गरेका सिर्जनाहरू रहन्छन् या रहँदैनन् रु रहे भने मात्र व्यक्तित्व निर्माण गरेको ठहरिनेछ । नत्र कुनै कालमा एउटा व्यक्ति यो सृष्टिमा थियो, सकियो मात्र हुनेछ ।

कविताबाट यात्रा सुरु गरे पनि अहिले म आफूलाई खास कवि मान्दिनँ । कविता भनेको विशिष्ट विधा हो । मन्त्र हो । आख्यान त मन्त्रको व्याख्या मात्र । त्यति विशिष्ट विधा लेख्ने प्रतिभा मसँग छैन । आख्यान पनि मेरो प्रयत्न मात्र हो ।

पानीको घाममा पात्रका निजी जीवनको सूक्ष्म र अदृश्यप्रायः लाग्ने पहलुहरू उत्खनन् गरिरहेका अमर उपन्यासमा आएपछि उनको विषयवस्तुको आयतन बढी सामाजिक, बढी सार्विक र बढी साझा भएको देखिएको छ । निजी र सूक्ष्म विषयबाट साझा र बहत् विषयमा आउँदा तपाईंले भोगेको सजिलो अप्ठेरो के हो ?

तर आफूलाई अझ भित्र गएर सूक्ष्म लेखन र जीवनका अदृश्य पक्षहरूकै उत्खनन्मा भित्र छिर्दैछु जस्तो लाग्छ । आँखाले देखेका दृश्यभन्दा भित्र छिर्नु, कानले सुनेका शब्दहरूभन्दा गहिराइमा जानु मेरो अभीष्ट हो । यसमा जाँदा सजिलो भए पनि अप्ठ्यारो भए पनि मजा हुन्छ, जसरी कुनै पर्वतारोहीलाई अप्ठ्यारो हुँदाहुँदै पनि सगरमाथा चढ्दा मजा हुन्छ । मलाई आवरणलेखनमा खास रुची छैन । आवरणभित्र निर्वस्त्र मानिस हुन्छ । त्यो निर्वस्त्र मानिस पनि खास मानिस होइन । मानिसभित्रको रगत, रगतभित्रको कोष, कोषभित्रको न्युक्लियस, न्युक्लियसभित्रको न्युक्लियोलस, न्युक्लियोलसभित्रको क्रोमोजोम, क्रोमोजोमभित्रको डिएनए, हो त्यही एउटा डिएनएले मानिस बनेको हुन्छ । लेखन त्यहाँसम्म पुग्नुपर्छ । आवरण त मानिसले उत्तिखेरै फेरिदिन सक्छ ।

कसैको जीवनलाई आख्यानीकृति गरिरहँदा, त्यो जीवन कति बस्छ आख्यानमा र कति भाग्छरु आख्यानकारले कति समाउँछ त्यो जीवन र कति फुत्काउँछरु कति बाँच्छ यथार्थ, र कति किचिन्छ कल्पनाको पहाडमुनि ?

मलाई लाग्छ, कुनै पनि जीवनलाई आख्यानीकृत गर्दा कल्पनाको पहाडले किचिनुहुँदैन । बरु यथार्थको हिमाल चढ्नुपर्छ, ताकि हिमालको टुप्पाबाट ठूलो संसार देखियोस् । आख्यानमा गरिएको कल्पना सत्यलाई अझ सत्य र सुन्दर देखाउनका लागि गरिन्छ ।जस्तो, राइट दाजुभाइले जहाज बनाउनुभन्दा पहिले जहाजको कल्पना गरे । त्यसपछि मात्र जहाजको आविष्कार गरे । अतः कल्पना आविष्कारभन्दा पनि जेठो छ । त्यसैले यथार्थको दाइको नाम कल्पना हो । कल्पना यथार्थको कच्चापदार्थ र सच्चापदार्थ दुवै हो ।

जीवनलाई आख्यानीकृत गर्नु भनेको कसैको बाट काठ ल्याउनु र त्यसलाई आफ्नो इच्छाअनुसारको फर्निचर बनाउनुजस्तै हो । काठ जीवन हो भने फर्निचर आख्यान । मानौं मैले केही मानिसको बाट काठ किनेर ल्याएँ र आफ्नो डिजाइनअनुसारको फर्निचर बनाएँ भने, फर्निचर हेरेर ती मानिसहरूले भन्न सक्तैनन् यो कुर्ची र दराज मेरो बाट ल्याएको काठबाट बनाइएको हो, योचाहिँ होइन ।

सेता धरतीबाट करोडौँ कस्तूरीमा आउँदा तपाईंको यात्रा “मार्मिक” बाट “मनोविज्ञानिक” संसारतिरको यात्रा देखियो । तपाईंको निजी विश्वदृष्टि खोज्ने पाठक, अध्येता र अनुसन्धाताले अब कहाँनेर भेट्टाउने अमर न्यौपानेलाई ?

मलाई लाग्छ, एउटा असल लेखकले जुनसुकै विषय, परिवेश र जस्तोसुकै पात्रहरूलाई लिएर लेखे पनि त्यसको ध्वनि सार्विक हुनुपर्छ । जुनसुकै देश र परिवेशको भए पनि, जाति र संस्कृतिको भए पनि, भाषा र भेषको भए पनि केही कुराहरूसाझा हुन्छन् । तिनै साझा मनोविज्ञानले नै संसारका मानिसहरूलाई जोडेको हुन्छ । त्यही कारणले नै एक अंग्रेजी या अफ्रिकन लेखकले लेखेको साहित्यले नेपाली पाठकलाई छुन्छ । भाषा फरक भए पनि कतिपय भाव साझा हुन्छन् ।

अमर न्यौपाने एउटा पुरुष । पानीको घाम र सेतो धरतीमा नारी संवेदनाको गहिरो स्पर्श पाइन्छ । सिद्धान्तकारहरू भन्छन्, पुरुषहरूले नारी संवेदना लेख्न खोज्नु “प्रतिनिधित्व” र “परानुभूति” को एउटा कोरा राजनीति हो । कति बुझिने रहेछ नारीको यथार्थरु केही छुट्यो जस्तो लाग्यो कि लागेन तपाईंलाईरु नारीवादीले कस्तो प्रतिक्रिया दिए ?

आजसम्म कुनै पनि नारीले यो मिलेन भन्नुभएको छैन । बरु भन्नुभएको छ, “हामीले लेख्नुपर्ने कुरा तपाईंले लेख्नुभयो । केटा भएर पनि कसरी लेख्न सक्या होलारु” म यसै रमाइलो पाराले भनिदिन्छु, “पहिलो जन्ममा म केटी थिएँ नि त १” मलाई लाग्छ, नारीलाई नारीले भन्दा पुरुषले धेरै बुझेको हुन्छ । पुरुषलाई पनि पुरुषले भन्दा नारीले नै धेरै बुझेकी हुन्छे । त्यसैले त नारी र पुरुषका बीचमा यति गहिरो मायाप्रेम हुन्छ । नारी र पुरुष एकअर्काका लागि रहस्य हुन् । रहस्यमा धेरै कुराको खोजी हुन्छ । खोजी भएपछि प्राप्ति हुन्छ । त्यो प्राप्ति अमूल्य हुन्छ । मैले नारी मनोविज्ञानको खोजीमा जे पाएको छु त्यसले मलाई लेखक बनाउन धेरै ठूलो भूमिका खेलेको छ । म आफूलाई पनि पुरुष लेख्नभन्दा नारी लेख्न नै मजा आउँछ । किनभने आफू पुरुष भएर होला, पुरुषको मनोविज्ञान मलाई सामन्य लाग्छ तर नारीको मनोविज्ञान सामान्य लाग्दैन । रहस्यमय लाग्छ । रहस्यले जहिले पनि आकर्षित गरिरहन्छ । आकर्षित भएपछि त्यसकै कुरा लेख्न मन लाग्छ ।

मलाई लाग्छ, नारीलाई नारीले भन्दा पुरुषले धेरै बुझेको हुन्छ । पुरुषलाई पनि पुरुषले भन्दा नारीले नै धेरै बुझेकी हुन्छे । त्यसैले त नारी र पुरुषका बीचमा यति गहिरो मायाप्रेम हुन्छ । नारी र पुरुष एकअर्काका लागि रहस्य हुन् । रहस्यमा धेरै कुराको खोजी हुन्छ । खोजी भएपछि प्राप्ति हुन्छ । त्यो प्राप्ति अमूल्य हुन्छ । मैले नारी मनोविज्ञानको खोजीमा जे पाएको छु त्यसले मलाई लेखक बनाउन धेरै ठूलो भूमिका खेलेको छ ।

अलि सानै उमेरमा ठूलो लोकप्रियता कमाएका लेखक हुन् अमर न्यौपाने । लोकप्रियताले हौसला बढाउँछ नै । तर, कहिलेकाहीँ यही लोकप्रियता प्रवाहमान लेखनका अगाडि बाधा पनि बनिदिन्छ भन्छन् जानकारहरू । तपाईंको अनुभवले के भन्छ ?

मैले करोडौँ कस्तूरीमा लेखेको छु — धेरै कन्सियस भइयो भने कमजोर भइन्छ । स्कुल पढ्ने सानासाना नानीहरूलाई पढाइ र परीक्षा ठूला कुरा हुन् भनेर डर देखाइयो भने परीक्षा र पढाइ दुवै बोझ हुन्छन् । लेखानका समयमा एउटा लेखक बालकजस्तै हुन जसरी छ । त्यसको अर्थ हो, ऊ अबोध जस्तो देखियोस् । बोध गरेर पनि अबोध जस्तो । बुद्धिबाट अलिकति तल ओर्लेर हृदयको पोखरीमा पौडी खेलोस् । अवचेतन मनले लेख्छ र चेतन मनले पढ्छ । तर लेख्ने बेलामा चेतन मन सक्रिय भइदियो भने बुद्धि जाग्छ र लेखन कमजोर भइदिन्छ । कहिलेकाहीं लोकप्रियताले लेखकलाई बढी सचेत बनाइदिन्छ र उसको बुद्धि हावी भइदिन्छ । यस्तो अवस्थामा लेखकले अवचेतन मन जगाउन सकेन जानकारहरूले भनेजस्तै लेखनमा बाधा पुगेको अनुभव मैले पनि गरेको छु ।

अहिले नेपाली साहित्यमा सबैभन्दा बढी बजार तताएको बिधा हो आख्यान । त्यसको एउटा लाभग्राही तपाईं पनि । तातेको बजार र आइरहेका आख्यानको गुणात्मकतामा तादम्य छ वा छैनरु के छ बजार र गुणात्मकताबीचको अन्तरसम्बन्ध ?

हाम्रो देशमा सयौं हिमाल छन् तर एक दर्जन हिमालको मात्र नाम छ । धेरै हिमालहरूको त नामै छैन । ती अग्ला भएर पनि नाम छैन । किनभने ती एक दर्जन अग्ला हिमालहरूले बाँकी सयौं अग्ला हिमालहरूलाई छेकिदिन्छन् । त्यसैले जहाँ पनि गुणात्मकता कम र संख्यात्मकता धेरै हुन्छ । लामो समयको अन्तरालमा कमसल आख्यान जाँडझैं आफै कीरा परेर सकिन्छन् । गहकिला आख्यानको भने जति समय बित्यो त्यसको लेभल उति बढ्दै जान्छ, मदिराको जस्तै । केही समय बजारमा लहरझैं चलेको आख्यान पछि नचल्न पनि सक्छ । केही समय बजारमा नचलेको आख्यान पछि चल्न पनि सक्छ । यो सबै गुणवत्ता र आख्यानले बोकेको मूल्यमा भर पर्ने कुरा हो ।

आख्यानमा अचेल युवा हाँचका थुप्रै लेखकहरूको प्रवेश देखिएको छ । तर उनीहरू नवीन विषय र निजी शैलीको निर्माणमा भन्दा पनि कुनै चलेको आख्यानकरको शैलीमा मायाप्रेमका कुरा लेखिरहेका छन् । कसैले अमर न्यौपानेलाई रोल मोडेल बनाएका छन् भने कसैले कुमार नगरकोटीलाई, सुबिन भट्टराईलाई वा बुद्धिसागरलाई । र शैलीको सिको गरिरहेका छन् । के भन्नुहुन्छ यस प्रवृत्तिका विषयमा ?

मैले पाँच वर्षअगाडि कान्तिपुर साप्ताहिकमा पत्रकार आश्विनी कोइरालासँगको अन्तर्वार्तामा भनेको थिएँस् “पहिलो पटक साइकल बनाउने मान्छे वैज्ञानिक हुन्छ, त्यसपछि साइकल बनाउने मान्छे मिस्त्री मात्र हुन्छ ।” यो वाक्य फेरि पनि भनें ।

नेपाली साहित्यले विश्व बजारको यात्रा गर्न थालेको धेरै भयो । तर विश्वमा नेपाली साहित्य अझै पनि अदृश्यप्रायः छ भनेर भन्छन् जानकारहरू । अमर न्यौपानेका आख्यान विश्व बजारमा कहिले जालान्रु केही तयारी हुँदैछ कि ?

थाहा छैन, मैले लेखेका आख्यानका खुट्टा कत्तिको दह्रा छन् या छैनन् रु यदि रहेछन् भने किताबहरूले एकदिन आफै विश्वयात्रा अवश्य गर्लान् । सकेनन् भने तिनलाई बैशाखी टेकाइटेकाइ यात्रा गराउनु जरुरी छैन ।

तर नेपाली साहित्यमा केही आख्यान आफ्नै खुट्टाले विश्वयात्रा गर्ने खालका छन् । ढिलोचाँडो तिनले अवश्य यात्रा गर्नेछन् । भर्खर तपाईंकै अनुवादमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीको उपन्यास राधाले विश्वयात्रा गर्दैछ । 

अहिले के लेख्दैहुनुहुन्छ ? कहिलेसम्म पाठकले पढ्न आउँछन् तपाईंको नयाँ कृति ?

मेरो त विधा नै आख्यान भयो । लेख्दै छु । दुईतीन महिनामा नयाँ उपन्यास आउला कि ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत
loading...