दृष्‍टिकोण

ब्याकवार्ड-फरवार्ड, सहर-गाऊँ सम्बन्ध

ग्रामीण विकासलाई गाऊँको विकाससँग मात्रै व्याख्या गरिएपनि यसको सम्बन्ध सहरको प्रगति र उन्नतीसँग पनि उत्तिकै जोडिएको हुन्छ । गाऊँ विकासको लागि सहरी विकास अपरिहार्य हुन्छ । सहर—गाऊँ सम्बन्ध सहरी एवम् ग्रामीण क्षेत्रहरूलाई एकीकृत गर्ने एक प्रमुख माध्यम हो । 

विकासका विभिन्न नमूना कार्यक्रम र सिद्धान्तहरू अहिलेसम्म लागु गरिएको भएपनि कसैले पनि व्यवहारीक कार्यनीतिलाई आत्मसात गरेको देखिएन । यसले गर्दा अव्यवस्थित सहरको संख्यामा वृद्धि तथा गाऊँको अवस्था झन जरजर र सुनशान हुँदै गएका छन् । विकास गर्ने बहानामा असंख्य नमूनाहरू छ्याप्छ्याप्ती आएपनि विकासोन्मूख संरचनामा मेल नखानाले सम्पूर्ण पक्षहरू समेट्न सकिएको छैन । कुनै खाका सहरको विकास पूर्ण भएपछि पोखिएर गाऊँको विकास हुने कुरामा मत जाहेर गर्दछन भने कोहि गाऊँलाई सम्पन्न पार्न सके मात्र सहरको काम कारवाही दीगो रहनसक्ने कुरामा अडिग देखिन्छन् । 

ग्रामीण विकासको लािग ग्रामीण उत्पादन र उत्पादकत्वमा वृद्धि आवश्यक हुन्छ । यसका लागि सहर वा उप—केन्द्रको विकास प्राथमिक पक्ष हो । दुवै स्थानहरूमा वस्तु, सेवा, पूँजी, प्रविधि, सूचना र अन्य सम्बन्ध स्वतन्त्र रुपले हुनुपर्दछ । त्यस पश्चात मात्र गाऊँ, साना बजार केन्द्र र बस्तीहरू सहरी सुविधामा गुणात्मक परिवर्तन महशुष हुन्छ । यस्ता प्रक्रियाहरूबाट सहर—गाऊँ सम्बन्ध प्रगाढ हुन जान्छ र यी दुई स्थानको असमानताको दुरी कम हुन गइ सन्तुलित विकास सम्भव हुन्छ ।

कुनै खाका सहरको विकास पूर्ण भएपछि पोखिएर गाऊँको विकास हुने कुरामा मत जाहेर गर्दछन भने कोहि गाऊँलाई सम्पन्न पार्न सके मात्र सहरको काम कारवाही दीगो रहनसक्ने कुरामा अडिग देखिन्छन् । 

पन्त, थापा र प्रधानले ले सन् १९८२ मा नेपालमा ग्रामीण क्षेत्रको विकासको लागि विभिन्न रणनीतिहरू अपनाई ग्रामीण जनताको जीवनस्तरमा सुधार गर्न कृषि क्षेत्रको विकासलाई विशेष जोड दिएको उल्लेख गरेका थिए । साथै प्रशासनिक अस्पष्टता, अप्रभावकारी समन्वय तथा सञ्चार सम्पर्क आदि समस्याहरूका कारण ग्रामीण क्षेत्रको विकास प्रक्रियामा आसातित् सफलता प्राप्त हुन सकेन भनि चर्चा गरेका थिए । तर पछि सन् १९६३ को पहिलो विकेन्द्रीकरण र क्षेत्रीय विकासलाई औजारको रुपमा प्रयोग गरियो । त्यसले क्षेत्रीय विकास अवधारणा र क्षेत्रीय असमानता घटाउन र एकिकृत विकास केन्द्र प्रणालीको आवश्यकता पूर्ति गर्न सहयोग पु¥यायो । हालसम्मका विभिन्न योजनाहरूमा पनि सहर—गाऊँ सम्बन्ध र दुवै क्षेत्रहरूको विकासमा विभिन्न फरक कार्यक्रमहरू र तीनलाई पुरा गर्नको लागि रणनीतिहरू ल्याईएका छन् । यसले गर्दा यी दुई ठाउँहरूको अन्तरसम्बन्धमा सकारात्मक परिवर्तनहरू ल्याउन सफल भएको देख्न सकिन्छ ।

सहर—गाऊँ सम्बन्धमा गाऊँको सहरसँग ब्याकवार्ड सम्बन्ध हुन्छ भने सहरको गाऊँसँग फरवार्ड सम्बन्ध रहेको हुन्छ । गाऊँबाट कच्चा पदार्थहरू, कृषिजन्य उत्पादनहरू, श्रम, पूँजी, ग्रामीण प्रविधि, घरेलु उत्पादनहरू सहर जान्छन भने सहरबाट सेवा, सुविधा, प्रविधि, सीप, रोजगार, बिचार आदि गाऊँ फर्कन्छन् । सहर—गाऊँ सम्बन्ध प्रघाढ पार्नमा बाटो, यातायात, धनी महाजनहरू, संस्थागत प्रणालीहरू, व्यापारीहरू आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विद्वानद्वय जयन्त के. रोटे« र ह्यारी डेमीन का अनुसार सहर—गाऊँ बीचको सम्बन्धलाई अन्तरक्रियात्मक प्रक्रिया, सम्पर्क सुत्र एवम् सम्बन्ध र एक अर्कामा वस्तु तथा सेवाको प्रवाहको परिणती हो । यसरी नै विज्ञ रोन्डीनेलीले सन् १९८५ मा भौतिक, आर्थिक, जनसांख्यीक, प्राविधिक, सामाजिक, सेवा वितरण, राजनीतिक, प्रशासनिक र संगठनात्मक सम्बन्ध रहेको भनि उल्लेख गरेका थिए । यसरी हेर्दा यी दुई स्थानको सम्बन्ध कार्यात्मक र प्रकार्यात्मक दुवै रहेको स्पष्ट पार्न सकिन्छ ।   

सन् १९२३ मा वाल्टर क्रिष्टलर (दक्षिण जर्मनी) द्वारा प्रतिपादित केन्द्रीय स्थान अवधारणा सहर—गाऊँ सम्बन्धको प्रभावकारी सैद्धान्तिक अवधारणा हो । यसले वस्तु वा सेवा प्रदान गर्दा उक्त क्षेत्र सघन षट्भूजिय आकारले ढाकिएको हुँदा कुनै क्षेत्र बाहिरिने वा कुनै क्षेत्रमा सेवा नपुग्ने हुँदैन भनि व्याख्या गरेको छ । त्यस्तै प्रवेशद्वार नमूना बरगार्टले सन् १९७१ र हर्थ ले १९७८ मा प्रयोगमा ल्याएका थिए । यसको आधारभूत कुरा भनेको बस्तीको रणनीतिक अवस्थिति हो वा प्रवेशद्वार केन्द्रहरू फैलिएर रहेका प्रवेश मार्गमा पर्दछ ।  प्रवेशद्वार र अर्को स्थानको सम्पर्क यातायात र सञ्चारको माध्यमले सम्भव हुन्छ भन्ने मान्यतामा यो नमूना रहेको छ । 

यसरी नै विज्ञ रोन्डीनेलीले सन् १९८५ मा भौतिक, आर्थिक, जनसांख्यीक, प्राविधिक, सामाजिक, सेवा वितरण, राजनीतिक, प्रशासनिक र संगठनात्मक सम्बन्ध रहेको भनि उल्लेख गरेका थिए । यसरी हेर्दा यी दुई स्थानको सम्बन्ध कार्यात्मक र प्रकार्यात्मक दुवै रहेको स्पष्ट पार्न सकिन्छ ।   

यसरी नै अर्को नमूना केन्द्र—पृष्ठक्षेत्र सम्बन्ध सिद्धान्त भूगोलविद्य जोन फ्रायडमेनले ल्याएका थिए । भेनेजुएलाको प्रयोगका आधारमा सन् १९६६ मा ल्याइएको यस नमूनाले नगर क्षेत्रले आफ्नो चारैतिरको क्षेत्रलाई समेटेर केन्द्रको स्थापना साथै त्यस्तो केन्द्रमा पनि भौगोलिक तथा सेवा र वस्तु प्रवाहमा विद्यमान विभिन्नताको आधारमा चारवटा तहको चर्चा गरेका छन् । त्यस्तै भोन थुनेनको अर्को नमूना सहरी भू—उपयोग नमूना सन् १८२६ मा उत्तरी जर्मनीको सहरी क्षेत्र ग्रामीण पृष्ठ क्षेत्रको भू—उपयोग सम्बन्धको अवलोकनको आधारमा प्रकाशमा आएको थियो । यस सिद्धान्तले वैज्ञानिक रुपमा सहर र पृष्ठक्षेत्रको बीच विद्यमान अन्तक्रियात्मक सम्बन्धलाई सरल रुपमा प्रष्ट्र गरेको छ ।

अवस्थितिगत विकासको सिद्धान्तले विकास केन्द्र अवधारणा, कृषि क्षेत्र सिद्धान्त, एकीकृत ग्रामीण विकास कार्यक्रमहरू, मध्यमस्तरीय सहर र ग्रामीण विकास, बजार केन्द्र उपागम र ग्रामीण विकास, स्थान र विकास, बजार केन्द्रहरूको संरचना, ग्रामीण बजार प्रणाली, केन्द्र प्रणाली, पदसोपान र बजार केन्द्रका सम्बन्धहरू लाई जोड दिएको छ । यस्तै अर्को नमूनाहरूमा रेभिन्सटेनले सन् १८८५ र माइकल पी. टोडारोले सन् १९७६ मा गरेको बसाइँसराइका सामान्य सिद्धान्तहरू प्रतिपादन गरेका थिए । रेभिन्सटेनले दुरी, सहरी केन्द्रको पदसोपान, प्रवाह र प्रतिप्रवाह, गाऊँसहर भिन्नता, सुचना र प्रविधिको चर्चा गरेका छन् । त्यस्तै टोडारोले बसाइँसराइका धकेल्ने र तान्ने तत्वको पनि यसै सन्दर्भमा उल्लेख गरेका छन् । 

यसकारण सहर—गाऊँ सम्बन्ध स्थापना गर्ने कार्य मुख्यतयाः सामाजिक, आर्थिक, राजनैतिक, भौतिक, प्राविधिक, सेवा प्रदाय आदि तत्वहरूमा निर्भर रहनाले यी तत्वहरूलाई क्षेत्रहरूको बीचको सम्बन्धको आधार पनि मान्न सकिन्छ ।

उल्लेखित विभिन्न सिद्धान्तहरू सहर र गाऊँको विकास तथा विस्तारको लागि मुख्य औजारहरू हुन् । यसकै श्रेय हुनसक्छ विकासोन्मूख देशहरूमा विकासविद्यहरूमा अहिले आएर यस विषयमा चासो बढ्दै गएको छ । कार्यान्वयनमा आएका विभिन्न नमूनाहरू कुनै न कुनै रुपमा यीनै विधिमा प्रयोग भएकै देखिन्छन भने कुनैमा परिमार्जन आवश्यक देखिएको छ । समाज विकास र बस्तीको जनघनत्वमा वृद्धि हुँदै जाँदा देखिएका समस्याहरू न्यूनिकरण गर्दै विकास गर्नका लागि सोच, व्यवहार र प्रविधिमा परिवर्तन ल्याउनु अपरिहार्य देखिएको छ । यति हुँदाहुँदै पनि भूराजनीतिक अवस्था, प्रभावकारी ज्ञानको अभाव, क्षेत्रीय विकासको यन्त्र, दुरी प्रभाव, सन्तुलित बस्ती प्रणालीको अभाव, प्रशासनिक प्रक्रियाहरू, बहुआयामिक सोचको अभाव, स्थानीय क्षेत्रमा सूचना तथा सञ्चार साधनहरको बेवास्ता, भौतिक सुविधाहरू आदि चुनौतिका रुपमा देखिएका छन् । 

यसकारण सहर—गाऊँ सम्बन्ध स्थापना गर्ने कार्य मुख्यतयाः सामाजिक, आर्थिक, राजनैतिक, भौतिक, प्राविधिक, सेवा प्रदाय आदि तत्वहरूमा निर्भर रहनाले यी तत्वहरूलाई क्षेत्रहरूको बीचको सम्बन्धको आधार पनि मान्न सकिन्छ । यस अन्तर्गतः जनसंख्या, कच्चापदार्थ, उत्पादन आदि पर्दछन् । भौगोलिक दुरी, भौगोलिक प्रभाव, समय, लागत आदि तत्वहरूको प्रभावबाट नै सहर—गाऊँ अर्थात केन्द्रस्थल र पृष्ठक्षेत्रका बीच सम्बन्ध एक आपसमा गाँसिएका हुन्छन् । नेपालको सन्दर्भमा सहर—गाऊँ सम्बन्ध विकासमा देखापरेका विभिन्न सवालहरूमा सहरगाऊँ सन्तुलन, एकीकृत राष्ट्रिय बस्ती प्रणाली, सहरगाऊँ सम्बन्धको सूचना आधार, पूर्वाधार एवम् सेवा विकास, बजारस्थलको विकास, साना उद्यमहरूको विकास र स्थानीय शासन प्रणालीको सवलीकरण रहेका छन् । तसर्थ, यस्ता विविध समस्याहरूलाई निराकरण गर्न सके मात्र सहर—गाऊँ सम्बन्धमा थप सामिप्यता स्थापीत भइ ग्रामीण विकासको सहि बाटो तय हुने थियो । 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत