अन्तर्वार्ता

वि.पी. को सिद्धान्त एकइन्च उचनिच हुन दिन्नाैँ : भट्टराई

मासु जोखेजस्तो निकाल्न सकिँदैन

gaunsahar.com

नेपाली काँग्रेस देशको पूरानो पार्टी हो भनेर चिनाउन अब कसैलाई पर्दैन । ठूलो पार्टी, वि.पी.को सिद्धान्तमा हिँडेको यतिका वर्ष भइसक्यो । सबैको नारा अनि मन्त्र वि.पी.मै केन्द्रित छ । पुरानादेखि नयाँ कार्यकर्ताले बोल्ने भाषा विश्वेश्वर प्रसाद कोइराला र उनले लिएको समाजवादमा दत्तचित्त छ । यहि भएर पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काँग्रेसको शिर बनेको छ ।

सबैले वि. पी. सिद्धान्तको नाम र मन्त्र लिइरहेको यो परिपेक्षमा केही समूह भने हामीले वि.पी. जोगाउने अभियान थालेका छौँ, सबैलाई स्वागत छ भनेर काँग्रेसभित्र र बाहिर दवाव समूहको रुपमा स्थापीत हुने क्रम बढ्दै गएको छ । नेपाली काँग्रेस वि.पी. भनेर यसपटकको चुनावमा करुवा चिन्हमा काठमाडौँका पूर्वमेयर हरिबोल भट्टराई करुवा चुनावचिन्ह सहित नयाँ पार्टीबाट चुनाव लडे । उसले पनि काँग्रेसकै झण्डाको प्रयोग गरेको थियो । वि.पीकै नामले पछिल्लो समयमा चिन्तन् केन्द्र, समाज खुल्नेक्रम पनि रोकिएको छैन । सबैले मूल पार्टीले वि.पी. को सिद्धान्त नपहिल्याएको आरोप लगाएका छन् ।

सबैको आदर्श वि.पी.नै भएपनि सिद्धान्तलाई व्यक्तिको गोजीको रुपमा प्रयोग गरिएको निष्कर्श वि.पी. विचार समाजको छ । समाजले केही समयबाट सक्रिय रुपमा गोष्ठी, सेमीनार, कार्यक्रम, प्रशिक्षण गर्दै आफ्नो शक्तिलाई विस्तार गरिरहेको छ । यसै परिवेशमा रहेर वि.पी. विचार विद्यार्थी समाजका अध्यक्ष मित्र भट्टराईसँग हामीले कुरा गरेका थियौँ । सनसनीपूर्ण अन्तर्वार्ता, जसको सम्पादीत अंश प्रस्तुत गरिएको छ । 

१. वि.पी. विचार विद्यार्थी समाज कस्तो समाज हो ?
तपाइँले भनेजस्तो गाउँ, समाज, राज्य अनि राष्ट्रको प्रक्रियागत समाज त होइन तर यो विशुद्ध वैचारिक अभियान हो । जुलुस हतियार को कार्यक्रम होइन । बिग्रँदै गएको मूल पार्टी र सन्त र प्रक्रियागत पक्षहरुमा देखिएको लहडेपनले कतै पार्टी मूलधारबाट बाहिर जान लागेको त  होइन ? भनेर सचेतकको भूमिकामा पार्टीलाई सिद्धान्तत् बाटो तय गर्नको लागि खोलिएको एक एकिकृत समाज हो ।

२. समाजले के गरेको छ त अहिले ?
हाम्रो समाजले वि.पी.को सिद्धान्त र उनले लिएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई वकालत गरिरहेको छ । उनको सिद्धान्तमा रहेर विद्यार्थी, शिक्षक, समाजसेवी, योजनाकार, कर्मचारी, व्यवसायी, श्रमिक, पत्रकार जस्ता विविध क्षेत्रमा वकालत गरिरहेको छ । ताकी भविश्यमा वि.पी.का सिद्धान्तहरु व्यवहारिक रुपमै आउन । उनका सपनाहरु त्यसै नतुहिउन् भनेर नै हामी लागेका छौँ ।

३. तपाइँहरु देखाउनलाई समाजको कुरा गरेर दवाव समूहको निर्माणमा हो ?
यसलाई प्रत्यक्ष रुपमा दवाव समूह नभनिदिनुहोस् । तर नभनिकनपनि हामी त्यहाँबाट निस्कन भने सक्दैनौँ । यस अर्थमा स्पष्ट भन्नुपर्दा मूल पार्टीलाई दवाव स्वरुप हाम्रो आन्दोलन हो यो । कसैलाई काखा र कसैलाई पाखा नभनिकन हाम्रो समाजले सत्य कुरामा काम गरिरहेको छ । टायर बालेर दवाव दिएका छैनौँ, मात्रै भनेका छौँ - पार्टीले सिद्धान्तत् काम गरोस् । नेताको नाम मात्र बेच्ने होइन, व्यवहारिक रुपमै पार्टी सुध्रिनुपर्छ भन्ने हाम्रो ध्येय हो ।

वि.पीकै नामले पछिल्लो समयमा चिन्तन् केन्द्र, समाज खुल्नेक्रम पनि रोकिएको छैन । सबैले मूल पार्टीले वि.पी. को सिद्धान्त नपहिल्याएको आरोप लगाएका छन् ।

४. यो चोइटोले काम गर्ला त ?
पार्टी वहकेर नै हामी यो समाजबाट अगाडि बढेका छौँ । कृपया चोइटा या गुच्छा भएपनि हेर्नुस् सिद्धान्तलाई यो हदसम्म जोगाउनुपर्छ भन्ने हामीमात्र हो । यसकारण यहि चोइटो नै भविश्यमा ठूलो बन्नेछ । अवश्यपनि हामी साना छौँ तर हामीले बोकेको कुरा अत्यन्तै भारी परिरहेको छ अहिले पार्टीभित्रै । चर्चा हुन थालेको छ केन्द्रीयदेखि स्थानीय तहसम्म । हाम्रै आन्दोलनको बुतोले यो सब सुधार देखिँदै गएको तपाइँले देखिरहनुभएको छ । यसकारण यो गुच्छाले एकदिन ठूलै काम गर्ने प्रष्ट देखिएको छ ।

५. यसको अर्थ जनताले बुझ्ने भाषामा भन्नुपर्दा तपाइँहरुको सेट हुने योजना हो ?
यस्तो कदापी नसोच्नु र नलेख्नुहोला । पार्टी सुधारको विषयमा बहसमा उत्रनु, प्रशिक्षण गर्नु, कार्यक्रमहरुमा बुझाउनु पपुलिष्ट हुनलाई मात्र होइन । हामी नियमवद्ध तरिकाले बुझ्ने र बुझाउने प्रयासमा देशभर जाँदैछौँ । जनताले अब बुझिसकेका छन्, कार्यकर्ताहरुले हामीलाई बोलाइरहेका छन् । यसले के देखाउँछ भने सुधारको चाहना अधिकको छ भन्ने हो । अनि अर्कोतिर दवाव दिएर सेट हुने भन्ने कुरा केही हदसम्म सहि छ तर हामीमा लागू हुँदैन र हुनेछैन ।

६. समाजको आकर्षण कत्तिको बढ्दै छ त ?
ठ्याक्कै अहिले नै भन्नुपर्दा समर्थकहरुको आकर्षणमा कम भएकै अवस्था हो । तर, जब पार्टीका जिल्ला देखि केन्द्रीय अधिवेशन, अन्य कार्यक्रमहरुको समय पर्छ त्यो बेला देख्न सक्नुहुन्छ वि.पी. विचार समाजको चार्म कति छ भनेर । त्यहि बलले गर्दा नै हामी सानै किन नहोस संगठनभित्र रहन पुगेका छौँ । हाम्रो माग दिनप्रतिदिन बढ्दै गएको छ । यहि शक्तिले वैधानीकता पाउँदै गर्दा मूल पार्टीमा सुधारका अनेक प्रयासहरु देखिन थालेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट फोन, इमेल, प्रत्यक्ष सम्पर्क, कार्यक्रम तथा प्रशिक्षणको लागि प्रयासहरु चलिरहेका छन् । यसले के देखाउँछ भने हाम्रो समाज एउटा अनुपातमा बढ्दै गएको छ । तर, अझैपनि भन्छु कृपया यो कुरा बुझ्नुहोला हामी पार्टी फुटाउने होइन जुटाएर ऐकवद्ध गर्नको लागि यो अभियानमा लागेका हौँ ।

अहिलसम्म हाम्रा सम्पूर्ण उद्धेश्यहरु पुरा भएको छैन, स्केलको मापनले भन्न सक्ने अवस्था छैन । मासु जोखेजस्तो निकाल्न सकिँदैन । समस्याहरु पुर्याउनुपर्ने ठाउँमा पुगेकै हो तर सिद्धान्तको सवालमा हाम्रो प्राप्ति भएको छैन । यसकारपनि सुधारको यात्र चलिनैरहन्छ । 

७. भनेपछि गुट् की महागुट्को लाइन हो ?
यति धरातलमा नजानुहोला । हामी गुटलाई तिलाञ्जली दिँदै अगाडि बढेका समूह हौँ । त्यसैको बिरोधमा यसको आवश्यकता परेको हो । तसर्थ, गुट नै सञ्चालन गरेको हो भन्ने कुरा गलत हो । हामीले महागुटको जन्म दिनपनि होइन । हरेक कुरालाई सापेक्ष ढंगले विश्लेषणपनि गर्न सकिन्छ । गुट अन्त्यको लागि वि.पी. विचार समाजको स्थापना भएको थियो । त्यसमै हाम्रो यात्रा जारी छ ।

८. समाजको आन्दोलन ठ्याक्कै अहिले चाहिँ कहाँ पुग्यो त ?
स्थानीय स्तरबाट सुरु भएको आन्दोलले मथिल्लो निकायसम्म स्थान पाइसक्यो । प्रतिकृया राम्रै आएको छ । केही सकारात्मक परिणामहरु आएका पनि छन् तर हाम्रो समाजले पूर्णता भने पाएको छैन । विभिन्न स्तरका कार्यक्रमहरु देशव्यापी गर्ने अभियानमा छौँ ।

९. समस्या ठाउँमा पुर्यायौँ भन्नुहुन्छ अनि अनि अन्दोलन चलिरहन्छ भन्नुहुन्छ त ?
आन्दोलन चलिरहेको छ, रोकिँदैन निरन्तर चलिरहन्छ । केही कुरा सुधारमा जुटेको यो यात्रा पुरा नभइन्जेल त चलिहाल्छ नी हैन । पार्टीले हाम्रो कुरालाई सकारात्मक रुपमा लिएर हिँढ्न वाध्य बनेको परिवेश छ अहिले । अहिलसम्म हाम्रा सम्पूर्ण उद्धेश्यहरु पुरा भएको छैन, स्केलको मापनले भन्न सक्ने अवस्था छैन । मासु जोखेजस्तो निकाल्न सकिँदैन । समस्याहरु पुर्याउनुपर्ने ठाउँमा पुगेकै हो तर सिद्धान्तको सवालमा हाम्रो प्राप्ति भएको छैन । यसकारपनि सुधारको यात्र चलिनैरहन्छ । 

तपाईँको मत