सेवा

कार्यालयको समयमा ट्रेड युनियनको काम गर्ने कर्मचारीलाई कडा कारबाही - मन्त्री पण्डित

सरकारले खटाएको ठाउँमा जान्न भन्न पाउँदैनन्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् । 

प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी नगएर काममा प्रभावित भएमा तत्काल  सधैँका लागि बिदा दिइने बताए । 

'राज्यले उपलब्ध गराएको तलब खाने तर सरकारले खटाएको ठाउँमा जान-जान्न भन्न पाउँदैनन् । कर्मचारीले घर र कार्यालय मध्ये एक रोज्नुपर्यो । जो जादैनन् भने त्यस्ता कर्मचारीले घर जान्छन् ।' उनले  सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विवरण तयार भइरहेको मन्त्री पण्डितले बताए । 

देशमा कर्मचारी अपुग भएका बेला अघिल्लो सरकारले कर्मचारीका लागि ल्याएको स्वेच्छिक अवकाशले निरन्तरता नदिने बताए ।

ऐन कानुन बनाएर मन्त्रालयका काम कारबाहीलाई चुस्तदुरुस्त बनाइने प्रतिबद्धता पनि मन्त्री पण्डितले व्यक्त गरे। 

मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका २९३ कर्मचारी अझै पुगेका छैनन् । अहिलेसम्म ७२ प्रतिशत कर्मचारी तोकिएको स्थानमा पुगिसकेको जानकारी दिए । मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका २९३ कर्मचारी अझै पुगेका छैनन् । बाँकी कर्मचारी पनि धमाधम आफ्नो कार्य क्षेत्रमा गएको र नयाँ तथ्यांक आउन बाँकी रहेको जनाए । 

मन्त्री पण्डितले हालसम्म नौ हजार ७०० व्यक्तिले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको बताए । 
कार्यालयको समयमा ट्रेड युनियनको काम गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने पनि मन्त्री पण्डितले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत