फोटो

विश्व कीर्तिमानका लागि टुँडिखेलमा बुद्ध बचन 'धम्पद' बाचन (फोटोफिचर)

  • १९ फाल्गुण शनिबार, २०७४ | १७:३३:०० मा प्रकाशित

काठमाडौं । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गिनिज वुक अफ दि वल्र्ड रेकर्डस्मा लेखाउने प्रयासमा शनिबार हजारौं मानिस काठमाडौंको टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल प्रचण्ड लगायत अन्य  उपस्थित भएका थिए ।

कार्यक्रममा महानायक राजेश हमाल, निखिल उप्रेती जितु नेपाल लगायत कलाकारको पनि उपस्थिति थियो 

सो अवसरमा हेलिकोप्टरबाट पुष्प वृष्ठि गरिएको थियो ।
७५ हजारले आधिकारिक पास लिएर सहभागी भएका तर त्यती नै संख्यामा विनापास सहभागीहरु टुँडिखेलमा प्रवेश  गरेका आयोजकको दाबी छ ।

विश्व किर्तीमानी परिषदले आयोजना गरेको कार्यक्रमको अभियान गायक राई र पत्रकार रवी लामिछानले चलाएका हुन् । यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डसले मान्यता दिन भने बाँकी छ ।

४५ हजार मानिस एकै ठाउँमा भेला ‘पढेको’ रेकर्ड अहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ । ४६ हजार ६६० जनाले एकसाथ कविता बढेर यो रेकर्ड बनाएको थियो ।

फोटो :  गाउँ सहर डट कम

तपाईँको मत