समाज

राहत बितरणको अनुगमन र समिक्षा

राजविराज ।  चीन सरकारको सहयोगमा यूएनडिपी मार्फत सप्तरीका बाढीपीडितलाई बितरण गरिएको राहतको यूएनडिपीले अनुगमन  गरेकाे छ । बिहीबार जिल्लाको तिलाठी गाउँपालिकामा बितरण गरिएको राहतको अनुगमन गर्दै समिक्षा समेत गरेकाे छ ।

यूएनडिपीका कार्यकारी नेपाल प्रमुख सोफी केमखाजेको नेतृत्वमा रहेको टोलीले तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा अनुगमन गर्दै बिष्णुपुर गाउँपालिकास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा समिक्षा गरे । 

समिक्षा कार्यक्रममा बोल्दै यूएनडिपीकी सोफीले अब राहतभन्दा बाढीबाट बच्न सकिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् । उनले सबैतिर स्थानीय जननिर्वाचित आइसकेकाले बाढी आउन नदिनका लागि योजनाहरु बनाएर कार्यान्वयन गर्न सुझाव दिइन् ।

साेफीले जिल्लाको बिभिन्न ठाउँमा अनुगमन गर्दा राहतभन्दा भौतिक पूर्वाधारको आवश्यक्ता देखेको बताउँदै यसतर्फ सम्बन्धित निकायले ध्यान दिने विश्वास व्यक्त गरिन् ।
केहि दिनअघि यूएनडिपीले सवल नेपाल मार्फत् सप्तरीको हनुमाननगर कंकालनी, राजविराज नगरपालिका, तिरहुत, तिलाठी कोइलाडी र बलान बिहुल गाउँपालिकाका  ६ हजार ८ सय परिवारलाई राहत बितरण गरेको थियो ।

पानी शुद्धीकरणगर्ने फिल्टर, सुधारएको चुल्हो, कम्बल, भाँडाकुँडासहितका सामान राहत स्वरुप बितरण गरिएको थियो ।

तपाईँको मत