प्रेरणा

बढ्दो बेरोजगारीको प्रभावकारी व्यवस्थापन

किन्सियन सिद्धान्तमा कहाँ चुक्यौँ हामी !

World Bank and gaunsahar

प्राध्यापक जे. एम. किन्सले इ. सं. १९३६ मा “रोजगारी व्याज र मुद्राको सामान्य सिद्धान्त” नामक पुस्तकमा रोजगारी सम्बन्धी नयाँ सिद्धान्त पेश गरेका थिए ।  सिद्धान्तअनुसार अल्पावधि र सामूहिक धारणको आधारमा रोजगारीको सिद्धान्तको वर्णन गरिएको छ । अल्पावधिमा जनसंख्या, श्रम दक्षता, प्राविधिक ज्ञान, पूँजीको मात्रा आदि कुराहरू स्थिर रहने र सो अवस्थामा आम्दानीको स्तरमा रोजगारीको मात्रा निर्भर गर्ने कुरालाई उनले जोड दिएका छन् । त्यसैले रोजगारीलाई आम्दानीको फलनको उपज भनेर चर्चा गरिन्छ । यो आम्दानी र रोजगारी दुवै प्रभावशाली मागमा आधारित हुने गर्दछन् । प्रभावशाली मागमा कमी हुने कारणले नै बेरोजगारी अवस्थाको सिर्जना गर्दछ भन्ने किन्सको धारणा थियो, जुन नेपाली समाजमा अहिले उत्तिकै सान्दर्भिक बनेको छ । 

साधारणतयाः माग शब्दले वस्तु तथा सेवा ग्रहण गर्ने अभिलाषा र सामथ्र्यको बोध गराउँछ । तर किन्सले कुल आम्दानी र कुल खर्चको आधारमा मागको व्याख्या गरेका छन् । कुल आम्दानी (लगान, ज्याला, ब्याज, नाफा, तलब, भत्ता) को रुपमा प्राप्त गरेको आम्दानीको कुल रकम हो । कुल आम्दानीलाई सामुदायिक, सामाजिक, राष्ट्रिय आदि विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । यसरी प्राप्त हुन आएको आम्दानीलाई मानिसहरूले उपभोग तथा लगानीमा खर्च गरिन्छ । त्यसैले कुल आम्दानीलाई कुल पूर्ति पक्ष र कुल खर्चलाई कुल माग पक्षको संज्ञा दिन सकिन्छ । यो कुल पूर्ति पक्ष र कुल माग पक्ष बराबर भएको अवस्थालाई किन्सले प्रभावशाली माग (जुन् सामूहिक पूर्ति र सामूहिक माग फलनमा आधारीत हुन्छ) को रुपमा वर्णन गरेका छन् । प्रभावशाली माग कुल राष्ट्रिय आम्दानी तथा कुल राष्ट्रिय उत्पादनसँग बराबर हुन्छ । त्यसैले कुल उपभोग खर्च र कुल लगानी खर्च मिलेर बनेको कुल राष्ट्रिय खर्चसँग पनि बराबर हुन्छ । यही प्रभावशाली मागले रोजगारीको स्तर निर्धारण गर्ने उनको तर्क छ । 

सिद्धान्तअनुसार अल्पावधि र सामूहिक धारणको आधारमा रोजगारीको सिद्धान्तको वर्णन गरिएको छ । अल्पावधिमा जनसंख्या, श्रम दक्षता, प्राविधिक ज्ञान, पूँजीको मात्रा आदि कुराहरू स्थिर रहने र सो अवस्थामा आम्दानीको स्तरमा रोजगारीको मात्रा निर्भर गर्ने कुरालाई उनले जोड दिएका छन् ।

सामूहिक पूर्ति फलन जनसंख्या, श्रम दक्षता, पूँजी, प्राविधिक ज्ञानजस्ता भौतिक तथा प्राविधिक अवस्थाहरूमा भर पर्दछ । त्यसैले प्रा. किन्सले यो सामूहिक फलनलाई अल्पावधिमा स्थिर रहने अनुमान गरेका छन् । तर, व्यवसाय सञ्चालन गर्दा उद्यमीले भूमि, पूँजी, श्रम, कच्चा पदार्थ, संगठन आदि साधनहरूको प्रयोग अपरिहार्य छ किनकी उद्यमीले प्रदान गरेको रोजगारीको आधारमा ती साधनहरूको मिश्रण भएको हुन्छ । सामूहिक माग फलनमा व्यवसाय सञ्चालन गर्दा उद्यमीहरूले आम्दानी प्राप्त गर्ने आशा राखेका हुन्छन् । सामूहिक पूर्ति मूल्यको रेखा जस्तै सामूहिक माग मूल्यको रेखापनि बायाँबाट दायाँ र तलबाट माथितिर जाने स्वभावको हुन्छ । किनभने रोजगारी बढ्यो भने माग मूल्य पनि बढ्छ र रोजगारी घट्यो भने माग मूल्य पनि घट्छ । 

गरिब तथा विकासोन्मुख देशहरूमा औसत उपभोग प्रवृत्ति बढी हुन्छ र धनी तथा विकसित देशहरूमा यो कम हुन्छ । अल्पविकासको दायरामा पर्ने हाम्रो मुलुक यहिकारण चरम बेरोजगारीको शिकार बनेको छ । वार्षिक २ प्रतिशतको हाराहारीमा बेरोजगारी बढ्दो छ । सक्रिय रुपमा काम गर्नसक्ने उमेर समूहको श्रमशक्ति अर्थात १५–५९ वर्ष समूहको जनसङ्ख्या ५६.९६ प्रतिशत रहेकोे छ । कुल जनसङ्ख्याको करिब ३० प्रतिशत बेरोजगार वा अद्र्धबेरोजगार जनशक्ति रहेको वर्तमान अवस्थामा वार्षिक ४ लाख ५० हजारभन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दछन् । देशभित्र पर्याप्त रोजगारीका अवसरहरू नभएकोले दैनिक १५०० बढी व्यक्तिहरू रोजगारीका लागि विदेशिनु परिरहेको छ । यहि कारणपनि किन्सियन सिद्धान्त नेपाली अर्थतन्त्र र विकासमा कोशेढुंगा बन्न सक्छ ।

देशभित्र पर्याप्त रोजगारीका अवसरहरू नभएकोले दैनिक १५०० बढी व्यक्तिहरू रोजगारीका लागि विदेशिनु परिरहेको छ । यहि कारणपनि किन्सियन सिद्धान्त नेपाली अर्थतन्त्र र विकासमा कोशेढुंगा बन्न सक्छ ।

देशमा छाएको व्याप्त भ्रष्टाचार, हिंसा, मनपरितन्त्र, जनचेतनाको कमी, रुढीवादी परम्परा एवं संस्कृति, सीमित शिक्षा त्यसमा पनि व्यवहारिक एवं व्यवसायिकमूलक नभएर सैद्धान्तिक शिक्षाको मात्र विकास, ६५% बढी जनता कृषिमा निर्भर, कृषिमा पूरातन प्रविधिको अबलम्बनले उत्पादनमा ऋणात्मकता, उद्योग एवम् कलकारखाना उचित मात्रामा नहुनु, भएका बन्द हुनु आदि कारणहरू बेरोजगारको शानदार जीत भएको छ । त्यस्तै स्वरोजगारको व्यवस्था नहुनु, शिक्षित एवं दक्ष जनशक्तिलाई उचित स्थान नदिइनु तथा कदर एवम् सम्मान नहुनु, सीप र श्रमको मूल्याँकन नहुनु, नातावाद, कृपावादले मात्र अवसर पाउनु, कूल जनसंख्याको २३.८ प्रतिशत जनता गरिबीको रेखामुनी थेचारीनु, जीविकोपार्जन गर्ने स्थायी व्यवस्था नहुनु, भूकम्प जस्ता विविध कारणहरूले गर्दा आज युवावर्गको ठूलो जमात विदेशतिर भाँसिन वाध्य छन् । यसले एकातिर यूवाको पलायन भएको छ भने अर्कोतिर पठाएको रकमबाट दिर्घकालिन कार्यमा लगानी कम भएका छन् । फजुल खर्चमा रकम खर्चनाले देशले क्षणिक फाइदामा दिगो क्षति नमज्जाले व्यहोर्नुपरिरहेको छ । 

चालू योजनाले वैदेशिक रोजगार विभागको पुनर्गठन र सुधार कार्ययोजनाको कार्यान्वयन, बेरोजगारहरूको लगत सङ्कलन, न्यूनतम ज्यालादर निर्धारण, वैदेशिक रोजगारको क्रममा समस्यामा परेका नेपालीहरूको उद्धार तथा आर्थिक राहतको व्यवस्था, आप्रवासन सूचना केन्द्रको स्थापना, श्रम सहचारीको व्यवस्था, विभिन्न मुलुकसँग श्रम सम्झौता, बालश्रम गुरुयोजनाको तर्जुमा, निकृष्ट प्रकृतिका श्रममा संलग्न बालश्रमिकको उद्धार,  दिवा शिशु स्याहार तथा अनौपचारिक शिक्षा केन्द्रहरूको सञ्चालनलाई प्रमुख उपलब्धि मानेको छ । तर, सो प्राप्तिको लागि श्रमशक्तिको माग र आपूर्तिबीचको अन्तर, वढ्दोबेरोजगारी, न्यून ज्यालादर, सीप तथा उद्यमशीलता विकासका सीमित प्रयासहरू, व्यवसायजन्य सुरक्षा तथा स्वस्थ्य सम्बन्धी स्पष्ट मापदण्ड नहुनु, शैक्षिकसंस्थाबाट उपलब्ध जनशक्ति र बजारमा उपलब्ध रोजगारबीच तालमेल नहुनु, निकृष्टप्रकृतिका बालश्रम उन्मूलन हुन नसक्नु, वैदेशिक रोजगारीमा विभिन्न प्रकारका ठगी, सामाजिक संवाद तथा सामूहिक सौदाबाजीमा राजनैतिक प्रभाव, रोजगार सूचना केन्द्रको सुदृढीकरण नहुनु आदि मुख्य समस्याको रुपमा देखापरेको छ । 

स्वरोजगारको व्यवस्था नहुनु, शिक्षित एवं दक्ष जनशक्तिलाई उचित स्थान नदिइनु तथा कदर एवम् सम्मान नहुनु, सीप र श्रमको मूल्याँकन नहुनु, नातावाद, कृपावादले मात्र अवसर पाउनु, कूल जनसंख्याको २३.८ प्रतिशत जनता गरिबीको रेखामुनी थेचारीनु, जीविकोपार्जन गर्ने स्थायी व्यवस्था नहुनु, भूकम्प जस्ता विविध कारणहरूले गर्दा आज युवावर्गको ठूलो जमात विदेशतिर भाँसिन वाध्य छन् ।

तसर्थ, समस्याबीचमा पनि समाधान खोज्नु छ । देशका हरेक यूवाहरूको विदेश आकर्षणले देशमा बेरोजगारको समस्या झन्–झन् बढदै गएको छ । मूलुकको अवस्थामा दिन—प्रतिदिन अस्थिर र सङ्क्रमणकाल बढ्दैजाँदा बेरोजगारी समस्याले चर्को स्वरुप लिँदै गएको कुरालाई नकार्न सकिँदैन । त्यसैले यूवा पलायनलाई उचित र प्रभावकारी नीति तथा रणनीति ल्याएर धकेलिएको श्रम र सीपलाई देशभित्रै पोख्नु किन्सियन सिद्धान्तको गर्विलो सोच हो । कम औसत उपभोग प्रवृत्तिले रोजगारीको स्तरलाई घटाउँछ । त्यसैले यो अवस्थामा रोजगारी वृद्धि गर्न लागानीमा वृद्धि गरिनुपर्दछ । तर, यो उपभोग प्रवृत्ति देशको कर प्रणाली, आम्दानीको वितरणको ढाँचा, आम्दानीको स्तर, भविष्यको अनुमानित आवश्यकता, सामाजिक रितिरिवाज आदि कुराहरूमा भर पर्दछ । मात्र यी कुराहरूमा परिवर्तन गरेर बेरोजगारी घटाउनु आजको आवश्यकता हो । यहि सिद्धान्तलाई मनन् गरेर हुनसक्छ सरकारले पनि स्वदेशमा मर्यादित रोजगारका अवसरहरू सिर्जना गर्दै बेरोजगारी तथा अद्र्धबेरोजगारीलाई न्यूनीकरण गर्ने उद्धेश्य राखेको देखिन्छ । पछिल्लो समयको राजनीतिक संक्रमणले धकेलिएको अर्थतन्त्रमा सुधार ल्याउन नयाँ सरकारले पाइला चालेमा अवस्थामा परिवर्तन गर्न सक्ने आधारहरु प्रसस्त छन् । यसकारण किन्सियन सिद्धान्त विद्यमान नेपालको रोजगारी श्रृजना र बेरोजगारी घटाउने अचुक ओखती थियो र छ । 
 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत